राजनीति

गण्डकीको मुख्यमन्त्रीमा खगराज, तीन सदस्यीय मन्त्री मण्डल गठन

पोखरा, चैत २५ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आईतबार नै सपथ लिएका छन् । पूर्वाह्न मुख्यमन्त्रीमा नियुक्त अधिकारीले अपराह्न ३ बजे पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद… पुरा पढौ

विपक्षीलाई सरकार बनाउन गण्डकीमा बहालवाला मन्त्रीकै समर्थन

पोखरा, चैत २५ गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेलाई पिपलपाते चरित्र भएको भनेर आरोप लाग्दै आएको छ । अर्थात उनी सत्ताका लागि जतापनि पल्टिन्छन् भन्ने आरोप छ । यसअघि चारपटक मन्त्री भइसकेका मनाङे सत्ताका लागि जुनसुकै बेला ढलपल हुने पात्रका रुपमा चित्रित गरिन्छ । नभन्दै उनले यसपटकपनि सत्तामा रहेरै विपक्षीलाई समर्थन गरेर पिपलपाते चरित्रलाई पुष्टि गरेका छन् । सरकारमै रहेर विपक्षीलाई सरकार बनाउन उनले सहयोग गरेको यो पहिलो पटक होईन । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमै… पुरा पढौ

खगराज सरकारमा चुमान र मनाङे मन्त्री बन्ने

पोखरा, चैत २५ गण्डकी प्रदेशको खगराज अधिकारी सरकारमा माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । आजैमात्र मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो चरणमा माओवादीबाट चुमान र मनाङे रहेको ३ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् । दुबैले आज विना विभागीय मन्त्रीको रुपमा सपथ खाने बताइएको छ । चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघि पृथ्वी सुब्बा सरकारमा आन्तरिक मामिला मन्त्री थिए । त्यस्तै, मनाङे पाचौं पटक मन्त्री बन्न लागेका… पुरा पढौ

सभामुखसहितको समर्थनमा सत्ता गठबन्धनले गर्यो गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस

पोखरा, चैत २५ सत्ता गठबन्धनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । सत्ता गठबन्धनले सभामुख कृष्ण धितालसहितको समर्थनमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् । खगराजलाई बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेलेपनि समर्थन गरेका छन् । उनी कांग्रेसका हाल बहालवाला सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् । उनले हालसम्म राजिनामा दिइसकेका छैनन् । दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री अधिकारी नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, नेकपा माओवादी केन्द्रका… पुरा पढौ

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट

चैत २४ पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए । क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता… पुरा पढौ

इलाम–२ उपचुनाव : आठ स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी

काठमाण्डौ । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद… पुरा पढौ

युवापुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछः प्रधानमन्त्री

चैत २४ लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् । विराटचक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । “राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ”, प्रधानमन्त्री प्रचण्डले भने, “गर्न खोजे नेपालमा… पुरा पढौ

राजेन्द्र महतोको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

चैत २४ काठमाण्डौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज काठमाडौँमा भएको झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको बताए । उनले भने, “राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए, प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा… पुरा पढौ

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएनः महामन्त्री थापा

चैत २४ काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन् । परिवर्तन नेपाल अभियानले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताएका हुन् । “स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उनले भने… पुरा पढौ

बझाङ उपनिर्वाचनः १२ जनाको उम्मेदवारी दर्ता

चैत २४ बझाङ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन् । त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको… पुरा पढौ