राजनीति

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन सरकारको आह्वान

असोज २३ काठमाण्डौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् । रासस पुरा पढौ

समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष नेपाल

असोज २३ दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् । एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे । जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको विश्वास थियो । “अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग… पुरा पढौ

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको बैठक सम्पन्न

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले पार्टी संगठनको सुदृढीकरण लगायतका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले यही मंसिर १३ र १४ गते हुने महासमिति बैठकका लागि प्रदेशका तर्फबाट प्रस्तुत हुने प्रस्ताव तथा सुझाव तयार गर्न महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । बैठकले प्रदेशबाट जिल्लाका प्रदेश क्षेत्रहरूमा खटाइएका… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको बताए । गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।’ जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री… पुरा पढौ

समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्दै

समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो । समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ । यसैगरी… पुरा पढौ

विद्यालय शिक्षा विधेयकमा अखिल क्रान्तिकारीले जनायो आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)ले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८०का विषयमा १३ बुँदे धारणा सार्बजनिक गरेको छ । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनको १३ बुँदे धारणा सार्बजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हक विपरीत रहेकोले अफूहरुलाई अमान्य भएको बताएकी छन् । हालै शिक्षकहरुले आन्दोलन गरिसकेपछि सरकारले मौलिकहक विपरित हुनेगरेर सहमति गरेकोमा आपत्ति जनाउँदै सहमतिका कतिपय विषय कार्यान्वयन गर्न नहुने उनको जिकिर छ । सिंहले विद्यालयका शिक्षक सतप्रतिशत खुल्ला प्रतिष्पर्धाका… पुरा पढौ

‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकि छिन । विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताइन । “आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर… पुरा पढौ

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन । आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका हुन । बैठकमा सोही… पुरा पढौ

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । ‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरिको स्याउ,… पुरा पढौ

सदनमा दर्ता विधेयकका सम्बन्धमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा… पुरा पढौ