राजनीति

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए । देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गरे । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको… पुरा पढौ

एमाले गण्डकीको अधिवेशन भोलि, अध्यक्षमा आधा दर्जन आकांक्षी, प्यानल बनाएर चुनाव लड्न बन्देज

पोखरा, असोज १४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा शुरु हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले गण्डकीले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अधिवेशनको उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट ¥याली निकाल्ने जनाएको छ । एमाले गण्डकीले हस्पिटलचोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट गरेर चार स्थानबाट ¥याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल… पुरा पढौ

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे । उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए । चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाए । “यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर… पुरा पढौ

गण्डकी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर :

असोज ११ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्नू भन्ने आदेश दिएर सर्वोच्च अदालतले व्यवस्थापिकामाथि ठाडो हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । गण्डकी प्रदेश सभामा विहीबार गरिएको ‘मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’मा एमाले सांसद गोविन्दबहादुर नेपालीले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनबारे जिज्ञाशा राखेका थिए । सो जिज्ञाशाको जवाफ दिने क्रममा उनले भने,‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे सर्वोच्च अदालतबाट जे अन्तरिम आदेश भएको छ । मेरो बिचारमा यो सार्वभौम सत्ता सम्पन्न व्यवस्थापिकामाथिको ठाडो हस्तक्षेप हो ।’ तर सर्वोच्च अदालतले… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गरेका उनका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा… पुरा पढौ

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान… पुरा पढौ

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

असोज १० चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताएका छन् । आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।” यस पटकको आफ्नो चीन भ्रमण यसकारण… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

असोज १० ल्हासा । चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन् । समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसङ्घीय सैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको थियो । पोताला दरबार एतिहासिक एवं तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि… पुरा पढौ

एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी

असोज १० पोखरा । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए ।उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र फिर्ताको प्रक्रिया पूरा भएपछि बिहीबार मतदान हुने कार्यक्रम छ । सो कमिटीका लागि अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव… पुरा पढौ