राजनीति

संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री

असोज २ काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पारे । उनले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने… पुरा पढौ

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० जनाको कैद माफी मिनाहा

असोज २ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले… पुरा पढौ

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताए। प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै मुख्यमन्त्री पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिए । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल… पुरा पढौ

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्नुपर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको आजको बैठकमा आयोगका अध्यक्ष एवम् मुख्यमन्त्री पाण्डेले बसाइँसराइँ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना ९२०८०र८१–२०८५र८६० निर्माण गर्न लागेको छ । बैठकले आयोगले तयार गरेको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित गरेको छ । ‘आत्मनिर्भर र समुन्नत… पुरा पढौ

मनाङेद्वारा नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

पोखरा, भदौ २९ गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन् । मनाङ (ख) बाट निर्विरोध निर्वाचित गण्डकी प्रदेश सभा सदस्य मनाङेले सो पार्टीको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका हुन् । सांसद मनाङेले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको जनाएका हुन् । मनाङेलाई केहि दिन अघिमात्र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा… पुरा पढौ

१९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीलाई प्रधानमन्त्रीद्वारा बिदाइ

भदौ २८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गरे । खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले आफूलाई जानकारी भएसम्म चीनमा… पुरा पढौ

हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे पोखरा महानगर र कोइकाबीच प्रतिबद्धता पत्रमा हस्ताक्षर

पोखरा, भदौ २८ पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई संस्थाबीच रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन सम्बन्धी सम्झौता भई विहीबार पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत भएको हो । प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका छन् । यसअघि दुई संस्थाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो । हाल यो परियोजना नेपाल सरकार र… पुरा पढौ

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । रासस पुरा पढौ

नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

भदौ २७ काठमाण्डौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेबाट अनुरोध गरिएको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ । रासस––– पुरा पढौ

सुन प्रकरणः ५० जनालाई प्रतिवादी बनाउन राय, तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए । आज आयोजित पत्रकार सम्मेलन उनले अनुसन्धानका क्रममा अहिलेसम्म… पुरा पढौ