राजनीति

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित

भदौ २६ काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१)… पुरा पढौ

लिबिया बाढीः दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का, दश हजार बेपत्ता

एजेन्सी । पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् । मङ्गलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्स मार्फत जेनेभामा संयुक्त राष्ट्र सङ्घको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको सङ्ख्या धेरै ठूलो भएको जनाउँदै… पुरा पढौ

नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा : एमाले

भदौ २६ काठमाण्डौं । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ । कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उनको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन् ।… पुरा पढौ

प्रतिनिधिसभाको भोलिको बैठक स्थगित

भदौ २६ काठमाण्डौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना जारी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे तोकेको जनाए । आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ । रासस पुरा पढौ

संविधानसभा अध्यक्ष नेम्वाङको शोकमा बिहीबार सार्वजनिक बिदा

भदौ २६ काठमाण्डौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । रासस पुरा पढौ

प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रिय कार्यालयमा पुगि पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासलस्थित एमाले केन्द्रिय कार्यालय जानु भई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जलि दिए । यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख… पुरा पढौ

एमालेले नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने

नेकपा एमालेको सचिवालय बैठकले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ भने औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत एमालेले गरेको छ। आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिनेछ । नेम्वाङलाई राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने जनाइएको छ । पुरा पढौ

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन । नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन । रासस पुरा पढौ

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । नेम्वाङको गएराति निधन भएको थियो । पुरा पढौ

एमालेका उपाध्यक्ष नेम्वाङको निधनप्रति गण्डकी मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गरेका छन । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । रासस पुरा पढौ