राजनीति

चुनावको माहोल बढ्दै, पोखरा जेसीजले ‘ककस प्रोग्राम–२०२६’ गर्ने

निर्वाचनको सरगर्मी बढिरहेकै बेला जेसीआई पोखराले कास्की २ का उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद गर्ने भएको छ । जेसीजको आयोजना यही फागुन ७ गते पोखरा सभागृहमा हुने ‘ककस प्रोग्राम–२०२६’मा कास्की २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका रश्मि आचार्य, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ वक्ताका रुपमा हुनेछन् । यस्तै कास्की २ बाट… पुरा पढौ

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन ऐन, नियम र कार्यविधि संशोधन गर्ने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत… पुरा पढौ

पहिलेभन्दा अहिले चुनाव जित्न सहजः पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अघिल्लो निर्वाचनको तुलनामा यसपटक चुनाव जित्न सहज रहेको दाबी गरेका छन् । २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गरेको इतिहास स्मरण गर्दै उनले यसपटक एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । दोर्दीका विभिन्न गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०७९ मा पाँच दलीय गठबन्धनलाई जितेको र यसपटक सहजै जित निकालिने दावी गरे । ‘यो जित व्यक्तिको मात्र होइन, विकास र स्थायित्वका लागि जनताको जित हुनेछ’ उनले भने ।उनले… पुरा पढौ

कास्की-२ का एमाले उम्मेदवार रश्मी आचार्यको प्रतिबद्दता : समृद्दिका लागि पर्यटन, उत्पादन वृद्दिका लागि कृषि, सिंचाई र पशुपालन

सन्देश श्रेष्ठपोखरा, फागुन ५ कास्की क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउने प्रतिबद्दता गरेका छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पर्यटनको राजधानी बनाउन पटक÷पटक संघ सरकारलाई पत्र पठाए पनि निर्णय हुन नसकेको यो विषयलाई उम्मेदवार आचार्यले आफ्नो चुनावी प्रतिबद्दतामा समेटेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न क्याविनेटबाट निर्णय गराएर पठाएका थिए । तर तत्कालीन ओली सरकारले त्यसलाई… पुरा पढौ

मतपत्र छपाइ सकियो,दश दिनभित्र सबै क्षेत्रमा पुग्ने

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख… पुरा पढौ

गण्डकीमा दुई हजार ३९६ मतदान केन्द्र, १४ हजारभन्दा बढी कर्मचारी खटिने

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । एउटा मतदान केन्द्रमा एक÷एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र तीन जना स्वयंसेवक खटिने उनले बताए । जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको… पुरा पढौ

राजकाजीको प्राथमिकता : शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पर्यटन

प्रतिनिधि सभा क्षेत्र नं। १ का उम्मेदवार राजकाजि गुरुङले मादी गाउँपालिकामा मतदातासँग घरदैलो कार्यक्रम तीव्र पारेका छन्। कार्यक्रम वडा नं। ५ को ठुलोस्वाँराबाट सुरु भई चित्रे मगरगाउँ, भैसे, वडा नं. ४ तारकाङ–माझाहाटी, वडा नं। ३ याङ्जाकोट–देउराली तथा वडा नं। २ को घाम्राङ र ताङतिङ लगायतका स्थानमा सम्पन्न गरेका छन्।घरदैलोका क्रममा ठुलोस्वाँराका भीम गुरुङले २०६४ सालमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देव गुरुङलाई मतदान गरेर विजयी बनाएको स्मरण गर्दै यसपटक पनि गुरुङ समुदायका छोरा राजकाजि गुरुङ उम्मेदवार बन्नु सबैका लागि खुशीको विषय… पुरा पढौ

तिलक रानाभाटको प्रचारप्रसार अब बजार केन्द्रित

लेखनाथ, फागुन ४ नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका तिलक रानाभाटले मादी गाउँपालिका र रुपा गाउँपालिकाको पहिलो चरणको भेटघाट तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेर बजार केन्द्रित चुनाव प्रचारलाई अगाडि बढाएका छन्। बजार केन्द्रित चुनाव प्रचार कार्यक्रम अन्तर्गत तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर २६ का विभिन्न टोल तथा बस्तीहरू गरी सोमबार १४ ठाउँमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन् । उम्मेदवार रानाभाटले भेटघाट कार्यक्रम अन्तर्गत पोखरा २६ का विकास निर्माणका कामहरूको अवलोकन गर्दै थप विकासका… पुरा पढौ

एमाले क्षेत्र नं. ३ मा चुनावी अभियान तीब्र

यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी एमाले कास्की निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रचार अभियानलाई तीब्र बनाएको छ । एमाले उमेद्वार दामोदर पौडेल, समानुपातिक उमेद्वार दीपक बहादुर पौडेलसहितका नेता कार्यकताले क्षेत्र नं. ३ का बिभिन्न स्थानमा पुगी मतदातासँग भेटघाट गर्दै सुझाव संकलन गरेका छन् । सोही क्रममा निर्वाचन परिचालन कमिटी पोखरा १९ को आयोजनामा, लामाचौर, घार्मी, पुरञ्चौर लगायतका क्षेत्रमा घरदैंलो गरेको एमाले नेता सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए । घरदैलो तथा मतदाता भेटघाटका क्रममा उमेद्वार पौडेलले आफुले जनताका… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घन विरुद्धका उजुरी प्राप्त… पुरा पढौ