राजनीति

नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्र्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले आज कारण देखाऊ आदेश गर्दै सूचना पाएको मितिले तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आदेशमा भनिएको छ, “लिखित जवाफमा यसमा के कसो भएको हो , निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो आदेश जारी हुनु नपर्ने भए सो को आधार र… पुरा पढौ

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सांसदहरूसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन् । उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री शाहसँग सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिए । “प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो । तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो”, उनले भने । प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिए ।… पुरा पढौ

एमाले नेता स्व.कृष्ण थापाको स्मृतिमा प्रतिष्ठान गठन हुने

शिशिर उजाडपोखरा नेकपा एमालेका नेता स्वर्गीय कृष्ण थापाको स्मृतिमा पोखरामा प्रतिष्ठान गठन हुने भएको छ । नेता थापाको ६७ औं जन्मजयन्तिको अवसरमा आज पोखरा १६, खोलाखेतमा आयोजित वृक्षारोपण कार्यक्रमका अवसरमा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले स्वर्गीय थापाले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानलाई चीर स्थायी बनाउन स्व.कृष्ण थापा स्मृति प्रतिष्ठान गठन गरिने घोषणा गरे ।प्रतिष्ठान गठनका लागि आवश्यक तयारी शुरु गरिएको र दुई चार महिनाभित्रै विधिवत् रुपमा यसलाई पुर्णता दिईने उनले जानकारी दिए । उनले पार्टी कार्यालयमा रहेको माथिल्लो हललाई… पुरा पढौ

ओली पक्राउबिरुद्द एमाले कास्कीले बुझायो विरोध पत्र, भदौ २४ का दोषीको पनि खोजी

सन्देश श्रेष्ठपोखरा, चैत १५ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोगाउन आयोजित आन्दोलनमा भदौ २४ गतेको दोषीको खोजी भएको छ । नेकपा एमाले कास्कीको आयोजनामा पार्टी अध्यक्ष ओलीको पक्राउबिरुद्द आईतबार पोखरामा आयोजित विरोध कार्यक्रममा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा संलग्नहरुको खोजी भएको हो । सहभागीहरुले भदौ २३ गतेको दोषी करार गरेर तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिरहँदा भदौ २४ गतेको तोडफोड र आगजनीमा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप… पुरा पढौ

र्‍यालीसहित कास्की प्रशासनमा एमालेको विरोध पत्र

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । वाई चोकमा भेला भएका एमालेका नेता कार्यकर्ता नाराबाजी सहित जिल्ला प्रशाासन कार्यालय पुगेका हुन् । उनीहरुले प्रशासनमा पुर्व प्रधानमन्त्री ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपुर्ण गिरफ्तारी गरिएको भन्दै विरोध पत्र बुझाएका छन् ।एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रील,े कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष पत्र… पुरा पढौ

एमाले जनसंगठनले पोखरामा जलाए कार्की आयोगको प्रतिवेदन

सन्देश श्रेष्ठपोखरा, चैत १४ पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमाले निकट जनवर्गिय संगठनहरुले पोखरामा कार्की आयोगको प्रतिवेदन जलाएका छन् । ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको विरोधमा एमाले निकट अनेरास्ववियु र युवा संघले आज अपराह्न कार्की आयोगको प्रतिवेदन जलाएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे बुझ्न बनाइएको गौरीबहादुर कार्की संयोजकत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई तत्काल पक्राउ गरि कारवाही गर्न सिफारिस गरेको थियो… पुरा पढौ

काठमाण्डौंका बिभिन्न स्थानमा एमालेको प्रदर्शन,प्रहरीको हस्तक्षेप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका कार्यकर्ता काठमाण्डौंमा प्रदर्शन गरेका छन् । माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच तनावको स्थिति छ । हात हालाहालसम्मको अवस्था देखिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ ।अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ । एमाले कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०विरुद्ध पनि नारा लगाएका छन्… पुरा पढौ

पूर्वगृहमन्त्री रमेश लेखक २ नं गण महाराजगञ्जमा

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका छन् । रासस पुरा पढौ

ओली पक्राउ विरुद्ध एमालेले ७७ बटै जिल्लामा प्रदर्शन गर्ने(निर्णयसहित)

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा, नेकपा एमालेले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।एमालेले आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने,लोकतन्त्र र कानुनी राज्यका पक्षधर… पुरा पढौ

चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा श्री बालेन्द्र शाह नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताए । काठमाण्डौंस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री… पुरा पढौ