राजनीति

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ सङ्कल्पमा अघि बढिरहेको बताएका छन् । उनले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन सबैलाई आग्रह गरे । कांग्रेसले हालको संक्रमणको घडीमा, वैकल्पिक… पुरा पढौ

३० लाख मतपत्र छाप्न बाँकी,आइतबारसम्ममा सकिने

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३… पुरा पढौ

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेंदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताईन् । उनले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिईन् । तालिममा सहभागीहरु मध्येबाट… पुरा पढौ

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ:संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् । आज बागलुङको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताए । संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए । “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै… पुरा पढौ

पोखराको फोहोर ७२ घण्टा भित्रमा उठाउन शुरु गरिने, फोहोर उठाउन महानगरलाई सघाउने दल र नागरिक समाजको प्रतिबद्दता

सन्देश श्रेष्ठपोखरा, माघ २८ पोखराको फोहोरमा राजनीति नगर्ने दलहरुले प्रतिबद्दता जनाएका छन् । एक महिनादेखि पोखरामा फोहोर उठाउन नसकेपछि निकास खोज्न पोखरा महानगरपालिकाले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकमा दलहरुले फोहोरमा राजनीति नगर्ने घोषणा गरेका हुन् । फोहोरका कारण पर्यटनको राजधानी पोखरा दुर्गन्धित बनेको तथा यहि अवस्थामा पानी परेको खण्डमा हैजाजन्य महामारीको जोखिमसमेत निम्तिन सक्ने भन्दै उनीहरुले फोहोर व्यवस्थापनमा सघाउने वचन दिए । त्यसका लागि महानगरलाई अल्पकालीन र दीर्घकालीन नीति बनाउन आग्रह गर्दै सो नीति कार्यान्वयनमा सघाउने पनि उनीहरुको प्रतिबद्दता छ… पुरा पढौ

निर्वाचनमा परिणाम ल्याउने गरी खट्टिन कार्यकर्तालाई संयोजक प्रचण्डको निर्देशन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन् । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् । निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने, “जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुन लागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता… पुरा पढौ

पोखरा १७ का स्थानीयको गुनासो:वडाका भित्री क्षेत्रमा सडकको समस्या

पोखरा १७ का स्थानीयबासीले वडाको समग्र विकासमा एमालले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् । नेकपा एमालेबाट कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यलाई सुझाव दिदैं, त्यस क्षेत्रका मतदाताले समानान्तर विकासमा जोड दिन आग्रह गरे । उनीहरुले वडामा विकासले क्रमशः गति लिएको बताउदै बजार एरियाबाट भित्री क्षेत्रमा सडक,बाटो, ढल लगायतका समस्या रहेको गुनासो गरे ।निर्वाचनमा विजयी भएर संसदमा गएपछि कानून निर्माणमा आफ्नो सशक्त भूमिका खेल्न आग्रह गर्दै जितको अग्रिम शुभकामना दिएका छन। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी… पुरा पढौ

एमाले उमेद्वार आचार्य,जन्मथलो भरतपोखरीमा आर्शीवाद थाप्दैं

नेकपा एमाले कास्की २ का उमेद्वार रश्मि आचार्यले चुनावी प्रचार अभियानलाई तिब्रता दिएका छन् । उमेद्वारी दर्ता लगत्तै चुनावी प्रचारमा होमिएका आचार्यले मंगलबार जन्मथलो पोखरा ३३ भरत पोखरीका स्थानिय बासिन्दासँग आर्शीवाद सहित सुझाव संकलन गरेका छन् ।त्यस क्रममा स्थानीयले आफ्नै टोलमा देखिने र संसदमा जनताका कुरा राखेर परिणाम निकाल्न सक्षम उम्मेदवार आचार्य नै भएको प्रतिक्रिया दिएका छन।उनीहरुले उम्मेदवार आचार्यलाई ठाउँ बुझेको ,जनताको सारथी भएको र समस्यालाई समाधान सहित उजागर गर्न सक्षम आफ्नो रोजाइको उम्मेदवार आचार्य भएको भन्दै निर्धक्क हुन आश्वस्त… पुरा पढौ

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिईन् । प्रधानमन्त्री कार्कीले भन्,ि “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा… पुरा पढौ

एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी,… पुरा पढौ