राजनीति

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भने, “कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।”उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । सभापति… पुरा पढौ

कांग्रेस कास्की २ का उमेद्वार माधवप्रसाद बास्तोला, एमाले उमेद्वार आचार्यको वडामा,घरदैलो अभियान तीव्र

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार अभियानलाई थप तीव्र बनाएको छ। पार्टीले घरदैलो, टोलसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारको एजेण्डा जनतामाझ पुर्‍याउने अभियानलाई संवाद यात्राका रूपमा अघि बढाएको हो। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका माधब प्रसाद बास्तोला मधु बिहिबार साविक भरतपोखरी हाल पोखरा महानगरपालिका वडा नं ३३ अन्तर्गत कालिकास्थान , पुरानो बस पार्क, तोरी पेल्ने चौतारा, तिक्लाङ,लामगादि लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।सो वडा एमाले उमेद्वार रश्मि आचार्यको वडा हो… पुरा पढौ

पोखरा १६ का घर घरमा एमाले उम्मेदवार रश्मि आचार्य,वृहत एकता सहित चुनावमा होमिएका छौं– कास्की इन्चार्ज थापा

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आफुहरू बृहत एकता सहित निर्वाचनमा होमिएकोले सबैजना सुक्ष्मरूपले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । पार्टीको नीति र कार्यदिशा मुताविक कास्की २ का जनताले प्रभावशाली बौद्धिक युवा उम्मेदवार उठाएको बताउँदै उनले पोखराको व्यवस्थित विकासमा रश्मि आचार्यको जित अपरिहार्य भएको जिकिर गरे ।एमाले नेता थापाले एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको मतदाता साक्षात्कार कार्यक्रमको पोखरा १६ मा शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् ।उनले देश र जनताको सेवा तथा पार्टीको नीति… पुरा पढौ

कास्कीमा मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने कांग्रेस उमेद्वार मनोज गुरुङको प्रतिबद्धता

कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले कास्कीमा सुविधासम्पन्न मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो चुनावी संकल्पमा यो विषयलाई प्राथमिकताका साथ उठाएका छन्।गत वर्ष भ्रमण वर्ष उद्घाटनका क्रममा आगलागी हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरामा मेयर धनराज आचार्य गम्भीर घाइते भएका थिए । त्यसैबेलादेखि पोखरामा सुविधासम्पन्न बर्न अस्पतालको चर्चा चलिरहेको छ।पोखरा महानगरपालिकाको प्रयासमा आइएनएफ अस्पताल ९हरियोखर्क अस्पताल० मा ‘बर्न युनिट’ अर्थात् जलन उपचार सेवा शुरू भएको छ । यसले प्रारम्भिक उपचारमा… पुरा पढौ

सिक्लेशवासीसँग राजकाजी : जलविद्युतबाट स्थानिय जनता लाभान्वित हुने वातावरण बनाउनुपर्नेमा जोड

पोखरा, फागुन ६ कास्की क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङ घरदैलो गर्दै सिक्लेश पुगेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका उनी गुरुङको ऐतिहासिक थलो क्होंलासोंथर नजिकैको पर्यटकीय गाउँ सिक्लेश पुगेका हुन् । मादी गाउँपालिका १ मा पर्ने सिक्लेशमा पुग्दा उम्मेदवार गुरुङलाई स्थानियले भव्य स्वागत गरे । सिक्लेश आमा समूहले गुरुङको छोरा उम्मेदवार बनेर आएको भन्दै खादा र मालाले स्वागत गरेका थिए । कार्यक्रममा सिक्लेस आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङले क्षेत्र… पुरा पढौ

उम्मेदवार रानाभाटको घरदैलो अभियान

लेखनाथ ६ फागुन नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो घरदैलो अभियानलाई तीव्र पारेका छन्। उनले कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २८ का विभिन्न ठाउँहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्पन्न गरेका छन्। मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले अबको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने र त्यसको नेतृत्व गगन थापाले गर्ने हुँदा समृद्ध नेपाल निर्माणको परिकल्पना पुरा गरिने उद्घोषका साथ नेपाली कांग्रेस अगाडि बढेको बताएका छन्। सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय… पुरा पढौ

भरतपोखरी विकास मञ्चद्वारा जनतासँग उम्मेद्‍वार साक्षात्कार कार्यक्रम सम्पन्न

पोखरा । भरतपोखरी विकास मञ्च, पोखरा ३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । बुधवार पोखरा(३३, भरतपोखरी, भगवती चौतारास्थित अन्नपूर्ण स्वास्थ्य चौकीको चौरमा भएको ‘जनतासँग उम्मेद्‍वार (उम्मेद्‍वारसँग जनता’ विषयक साक्षात्कार कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्‍वारी दिएका उम्मेद्‍वारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । ‘मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनोटमा साझा… पुरा पढौ

कास्कीमा पनि एमालेको नेसनल भोलिन्टियर्स फोर्स गठन

पोखरा,७ फागुन ।नेकपा ९एमाले०ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छन् । प्रदेशको सह कमाण्डरमा गोविन्द भुषाल, नवीनकुमार श्रेष्ठ रहेका छन् । फोर्सको हेडक्वाटर कमाण्डरमा देवान गुरुङ, विकास पहारी, चीनबहादुर पुन र मञ्जु जिसी रहेको प्रदेश इञ्चार्ज बस्नेतले जानकारी दिए ।त्यस्तै फोर्स कास्कीको इञ्चार्जमा नमराज केसी र फोर्सको युनिफाइड कमाण्डरमा सूर्य लामा र सहकमाण्डरमा बज्रराज अधिकारी ९सुरज०, राजु गिरी, उमेश… पुरा पढौ

एमाले उम्मेदवार आचार्य,पोखरा १५ का मतदातासँग

कास्की क्षेत्र नं २ का एमाले उम्मेदवार रश्मि आचार्यले जनताको सुझाव समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको बताएका छन् । चुनावी प्रचारको अभियानमा पोखरा १५ का मतदातासँग भेटघाट गर्दै उनले अब ११ वटा वडाको सन्तुलित विकासको अवधारणाबाट अघि बढाउदै, बृहत् पोखरालाई स्थानीय तहको सहकार्यमा व्यवस्थित पर्यटनको शहर बनाउने उद्घोष गरे ।निर्वाचन जितेर गएपछि नफर्कने अधिकांश मतदाताको गुनासोप्रति संकेत गर्दै उमेद्वार आचार्यले जनताले नेता खोज्ने होइन,नेताले जनता खोज्ने परिपाटी विकास गर्ने प्रतिबद्धता जनाए । उनले आफू जनताको सेवक बन्न बाल्यकाल देखि नै… पुरा पढौ

कांग्रेसले जनकपुर सभाबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै,केन्द्रीय कार्यसमितिबाट पारित

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारी एवं केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले एतिहासिक नगरी जनकपुरधाममा हुने कार्यक्रमलाई राजनीतिक रुपमा मात्र नलिएर मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने विशेष अवसरका रुपमा लिएको स्पष्ट… पुरा पढौ