राजनीति

उपनिर्वाचन : उम्मेदवारी दर्ता गर्ने सन्दर्भमा आयोगको १० बुँदे निर्देशन

काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भोलि बिहान १० बजेदेखि साँझ ५… पुरा पढौ

तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार

तनहुँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् । नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला आएर कार्यकर्ता भेटघाटमा लागिसकेका छन । उनले शनिबार आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका–११, आज व्यास–१… पुरा पढौ

पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ :डा. केसी

पोखरा । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिए । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा उहाँले व्यक्तिव्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए । परिस्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उनले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिए । आगामी जेठ २ र ३ गते हुने समाजको… पुरा पढौ

चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिए । उनले भने, “२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ… पुरा पढौ

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भन्नुभयो, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।” घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको… पुरा पढौ

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने छन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं। १ र उपराष्ट्रपतिमा… पुरा पढौ

चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय

काठमाण्डौं । नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उहाँहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ । बारा–२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उनको भनाइ छ । उनले उक्त… पुरा पढौ

उपनिर्वाचन : रास्वपाले लामिछाने, डा वाग्ले र खरेललाई उम्मेदवार बनाउने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे । सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचित भएर हामी तीन… पुरा पढौ

दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय : अध्यक्ष केसी

बाग्लुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहनुभएका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए । बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनमा नेता केसीले नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा जागेको बताए । “अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक… पुरा पढौ

विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ

ताप्लेजुङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे । विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने… पुरा पढौ