काठमाडौ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती प्रतिवेदनसभा समक्ष पेस गरेका हुन् । पेस गरिएका प्रतिवेदनमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८र७९, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, २०७८र७९, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८र७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८र७९ छन् । मर्यादा विधेयक विधायन समितिमा राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई…
पुरा पढौ