राजनीति

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए । “एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ”, उनले भने, “हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पु¥याउनुपर्दछ ।” उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर… पुरा पढौ

आदिवासी जनजातीले पहिचानको मुद्दा छाड्नु हुँदैन : उपराष्ट्रपति

काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् । नेपाल मगर सङ्घले आज आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताएका हुन् । उनले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताए । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे… पुरा पढौ

कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकीका अध्यक्षमा पुनः सन्तोष थापा

पोखरा, फागुन २० कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सन्तोष थापा दोहोरिएका छन् । संघको पोखरामा शनिबार भएको ११ औं प्रदेश अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा भीमबहादुर थापा, सचिवमा सुमन सुवेदी, सहसचिवमा सुनिल ढेवाजु र कोषाध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् । संघको सदस्यहरुमा यमप्रसाद भुषाल, डोलराज गैह्रे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सिता पाण्डे, रामचन्द्र अधिकारी, बिजय पौडेल र कुशल तिवारी चयन भएका छन् । यसअघि अधिवेशनको नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य… पुरा पढौ

व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी

बाग्लुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । गाउँमा बस्ने सर्वसाधारलाई गणतन्त्र गएर लोकतन्त्र आएर केही फरक नै पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ । “प्रणाली फेरियो, राणा… पुरा पढौ

कांग्रेस नेता पाण्डे भन्छन् : चुनावपछि कांग्रेस र माओवादी एउटै पार्टीजस्तो लाग्छ

पोखरा, फागुन १९ कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ । सत्तारुढ आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका पौडेललाई जिताउने अभियान अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेश सभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गठबन्धन दलका नेताहरुले गठबन्धन बन्नुको कारण, रामचन्द्र पौडेललाई जिताउनुपर्ने कारणमाथि प्रकाश पारेका थिए । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रबहादुर पाण्डेले लय बिग्रिएको राजनीतिलाई ट्रयाकमा ल्याउन नया गठबन्धन… पुरा पढौ

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूकिा निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’

पोखरा । राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनीहरुले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेका व्यक्तित्व भएको चर्चा गरे। कार्यक्रमका वक्ताहरूले आसन्न राष्ट्रपति निर्वाचनमा पौडेल राष्ट्रपति पदमा विजयी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सातदशकदेखि नेपालको लोकतान्त्रिक… पुरा पढौ

चैतमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

आगामी चैत १५ र १६ मा काठमाडौँमा दुई दिने न्यायिक सम्मेलन हुने भएको छ । सम्मेलनमा सहभागी हुनका लागि काठमाडौँ महानगरपालिकाले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणा गरेको छ । महानगरले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख एवं न्यायिक समितिको संयोजक सुनिता डङ्गोलले जानकारी दिए ।स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ । सम्मेलनको तयारीका लागि उपप्रमुख डङ्गोलको अध्यक्षतामा न्यायिक समिति मूल समारोह समिति गठन गरिएको छ ।… पुरा पढौ

आमसञ्चारसँग सम्बन्धित कानूनबारे ध्यानकर्षण गराउन आग्रह

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आमसञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका छन् । आज यहाँ प्रेस काउन्सिल नेपालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आयोजित ‘आमसञ्चार माध्यममा महिलाको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले भने, “आमसञ्चार माध्यमसम्बन्धी विधेयक छिटो ल्याउन र प्रेस काउन्सिल ऐन संशोधन समयमै गर्नका लागि म व्यक्तिगत र संस्थागतरूपमा सुझाव लिन तयार छु ।” उनले थपे, “विधेयकबारे छलफल गर्ने र पास गराउने भूमिका सांसदहरूले हो । सांसदसँगै दलका नेता र सम्बन्धित सरोकारवालाकोे ध्यानाकर्षण हुने गरी छलफल… पुरा पढौ

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीररूपमा लिएको छ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् । आज यहाँ आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिए । निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि उनको भनाइ छ । “अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न… पुरा पढौ

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिए। राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताए । प्रधामन्त्री दाहालले भने, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास… पुरा पढौ