राजनीति

स्याङ्जा–२ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । शनिबार राति सकिएको मतगणनामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार धनराजले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्याललाई ५ हजार ६२७  मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । गुरुङले ३१ हजार ४६६ मत पाए भने नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज… पुरा पढौ

माओवादीले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ । तर समग्रमा भने सबै… पुरा पढौ

अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिएका थिए । भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ । यसअघि नेकपा (माओवादी… पुरा पढौ

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लैगेका छन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि रहेका छन् । हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज… पुरा पढौ

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार… पुरा पढौ

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा रोजनाथ पाण्डेले बताए । सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग… पुरा पढौ

चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ । रासस पुरा पढौ

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे । ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले सोहीअनुसार अपाङ्गता भएका नागरिकलाई… पुरा पढौ

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की

सुनसरी । सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । अब कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा केन्द्रित हुने मन्त्री कार्कीले बताए । मन्त्री… पुरा पढौ

जनतासँग गरेको वाचा पूरा गर्छु: शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताए । उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए । “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा… पुरा पढौ