राजनीति

कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाइ कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज बसेको बैठकले तेस्तो निर्णय गरेको हो । बैठकमा पधादिकारि एबम सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए ।बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । अन्तरघात गर्नेको खोजी गरि कारबाही गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएका छन् । नेपाली कांग्रेस कास्कीका… पुरा पढौ

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

दोलखा । दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क,… पुरा पढौ

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् । जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित हुनुभएको छ… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै… पुरा पढौ

सुनसरी–४ मा कुसियैत अघिअघि, कार्की पछिपछि

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ को मत गणनामा नेकपा एमालेका जगदीशप्रसाद कुसियैत नै अगाडि छन्। कुसियैत नेपाली काँग्रेसका उम्मेदवार सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्की भन्दा २७ मतको झिनो मतान्तरले अघि छन्। मत गणनाको पछिल्लो अपडेटअनुसार कुसियैतले २९ हजार ९६६ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कार्कीले २९ हजार ९३९ मत ल्याएका छन्। पुरा पढौ

स्याङ्जा–२ मा धनराजले पद्मालाई उछिने

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली काँग्रेसका धनराजले अग्रता लिएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका धनराज निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार पद्मा अर्यालभन्दा ६५४ मतले अगाडि छन्। मत गणनाको पछिल्लो अपडेटअनुसार धनराजको भने ३ हजार ९०१ पद्माको मत ३ हजार ३४७ मत छ। पुरा पढौ

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

दोलखाका १० वटा मतदान केन्द्रमा आज (बिहीबार) पुन: मतदान भएको छ। बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज विहान ७ बजेदेखि सुरु भएको निर्वाचन आयोगको कार्यालय दोलखाले जनाएको छ। विहानै ७ बजेदेखि त्यहाँको १० वटै मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दोलखाको जिल्ला निर्वाचन आयोगको कार्यालयलाई जानकारी गराएको छ। मतदान साँझ ५ बजेसम्म संचालन हुनेछ। १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता छन्। आयोगको मंसीर ११ गतेको बैठकले यी क्षेत्रमा पुन: मतदानको निर्णय… पुरा पढौ

दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै

दोलखाका १० वटा मतदान केन्द्रमा आज (बिहीबार) पुन: मतदान हुने भएको छ। बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुन: हुन लागेको हो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि संपूर्ण तयारी पूरा भएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ। १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता छन्। आयोगको मंसीर ११ गतेको बैठकले यी क्षेत्रमा पुन: मतदानको निर्णय गरेको थियो। दोलखाको वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’,… पुरा पढौ

सुनसरी–४ मा एमाले उम्मेदवार कुसियैतको अग्रता

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ को मतगणनामा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्। कुसियैतले नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीभन्दा ८२ मतको झिनो मतान्तरले अग्रता लिएका हुन्। मत गणनाको पछिल्लो अपडेटमा कुसियैतको २९ हजार ७९४ मत छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका संचार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कार्कीको मत २९ हजार ७१२ मत छ। पुरा पढौ

स्याङ्जा–२ मा पद्मा अर्यालको अग्रता

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेकी महिला उम्मेदवार पद्मा अर्यालले अग्रता लिएकी छिन्। पद्माले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार धनराज गुरुङमाथि ६०१ मतले अग्रता बढाएकी हुन्। पछिल्लो मत परिणामअनुसार पद्माको २ हजार ३०४ मत छ। त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका धनराजको १ हजार ७०३ मत छ। पुरा पढौ