राजनीति

कास्की–१ (ख) मा नेकपा एमालेको चुनाव प्रचार–प्रसार तिव्र

कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसीर ४ गते हुने चुनाव केन्द्रीत रहेर प्रचार–प्रसारलाई तिव्र पारेको छ। सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानीय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउन प्रचार–प्रसारको कामलाई तिव्रता दिएको हो। सोमवार पोखरा–१२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराए।… पुरा पढौ

खर्च कम गर्न र खानपानमा ध्यान दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गरेका छन् । विसं २०७९ को तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उनले यी पर्वले सबैमा सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालका विभिन्न क्षेत्र तथा समुदायमा पौराणिककालदेखि मनाउँदै आइएका चाडपर्वको आ–आफ्नै मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले एक समुदायमा रहेको धार्मिक, परम्परागत,… पुरा पढौ

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरिएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ । रासस पुरा पढौ

तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेकी छन् । शुभकामना सन्देशमा भनिएको छ, “तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु… पुरा पढौ

‘०६२/६३ को जनआन्दोनबाट प्राप्त संस्थागत क्रान्तिलाई रक्षा गर्न उम्मेदवारी’ : गणेशमान गुरूङ

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२÷६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए । सम्वन्धित क्षेत्र माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र… पुरा पढौ

प्रचारप्रसारमा सरकारी स्रोतको प्रयोगबारे निर्वाचन आयोगको निर्णय यस्तो छ..

काठमाडौ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई रोक्न विशेष निर्णय गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागु भइसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड (क)ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित गरेको प्रसङग… पुरा पढौ

मुल्यवृद्वि नियन्त्रण गर्ने एमाले उम्मेद्वार गुरुङको उद्घोष

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित भएपछि मुल्यवृद्वि नियन्त्रण आफ्नो मख्य प्राथमिकता रहेको एमाले उम्मद्वार मनवहादुर गुरुङले उद्घोष गरेका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रत्यासी उम्मेदवार गुरूङले पछिल्लो समय बढ्दै गएको वेरोजगारी समस्या र मुल्यवृद्विले जनता मारमा परेको बताउँदै यसलाई नियन्त्रण गर्ने आफ्नो मुख्य एजेण्डा भएको उल्लेख गरे। निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा पोखरा २७ का मतदातासँग उनले भुमिहिन,गुठि लगायत स्थानियका समस्या समाधान गर्ने बताए । घरदैलो कार्यक्रममा कास्की क्षेत्र… पुरा पढौ

स्याङ्जा १ मा बोधराजलाई भोट माग्दै कमेडियन विकास

स्याङ्जा । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा लागेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार बोधराज रेग्मीको चुनावी प्रचारप्रसारमा लागेका हुन् । आगामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने विकास बताउँछन् । उनले भने –‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ , स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा… पुरा पढौ

प्रचण्ड, जसले एक जिल्ला होइन, सिंगो देश आफ्नो क्षेत्र देख्छन्

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी दिएपछि उनको उम्मेदवारीको विषयलाई लिएर अनेकन भ्रान्त टिप्पणीहरू गरिरहेको देखिन्छ । कतिको तर्क छ– प्रचण्ड चितवनबाट निर्वाचित हुने सम्भावना नभएर गोरखा पुगेका हुन् । मूलधारका कतिपय मिडियासमेत यही भ्रान्त विश्लेषणका पछाडि कुदेको देखिन्छ, जुन सत्य होइन । ‘‘गुणात्मक छलाङ, क्रान्तिकारी परिवर्तनलाई आत्मसात नगर्ने, शान्तिपूर्ण र क्रमिक विकासको नीति बोक्ने, तत्कालिन लाभका निम्ति लक्ष्यबाट च्युत हुने, सामथ्र्य र पहुँचका आधारमा बाहुबली हस्तक्षेप र नियन्त्रणको विचार र… पुरा पढौ

आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने एमाले उम्मेद्धार गुरुङको प्रतिवद्धता

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा… पुरा पढौ