पोखरा । सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २, ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा पुगेका छन्। प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन्।…
पुरा पढौ