काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गरेका छन् । विसं २०७९ को तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उनले यी पर्वले सबैमा सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालका विभिन्न क्षेत्र तथा समुदायमा पौराणिककालदेखि मनाउँदै आइएका चाडपर्वको आ–आफ्नै मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले एक समुदायमा रहेको धार्मिक, परम्परागत,…
पुरा पढौ