राजनीति

पर्वतमा जोशी र गिरीबीच पुनःचुनावी प्रतिस्पर्धा

कुश्मा । पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनःचुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा ९एमाले०का पद्म गिरीबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीसित जीतको साख जोगाउनुपर्ने चुनौती छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्तिका बलबहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेस र एमालेबीच नै… पुरा पढौ

देशमा धेरै विकास गरे–अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । उनले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए । हिजोका काम हेरेर अबको… पुरा पढौ

एमाले गण्डकीको प्रतिबद्धता : २५ वर्षमा समृद्ध गण्डकी प्रदेश, सुखी नागरिक

पोखरा, कात्तिक १३ नेकपा एमाले गण्डकी प्रदेशले २५ वर्षमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमाले गण्डकीले यस्तो प्रतिबद्धता जनाएको हो । पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने ५ वर्षअघिको पुरानै प्रतिबद्धता पुनः दोहो¥याएको हो । साथै त्यसका लागि अगाडि सारिएका नीति तथा कार्यक्रमहरुपनि पुरानै दोहोरिएका छन् । एमाले गण्डकीले ‘समृद्ध प्रदेश,… पुरा पढौ

काँग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

नेपाली काँग्रेसको केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरिएको छ । आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शनिबार थप आठ सदस्य मनोनीत गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)बमोजिम केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’मा थप आठ सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस पुरा पढौ

अधुरा कामलाई पूरा गर्छौ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन्। तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा काँग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए। ‘गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, काँग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन’, पौडेलले भने, ‘विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो।’ गत… पुरा पढौ

पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादीका ५ नेता कारबाहीमा

नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज–अध्यक्षको नाममा विशेष परिपत्र गर्दै उनीहरूलाई कारबाही गरिएको जनाएका छन्। भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधिसभातर्फ स्वतन्त्र… पुरा पढौ

उखु खेतीको हब बनाउने कोइरालाको प्रतिवद्धता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले शनिबार उक्त वडाको मालेपाटन, ढोडबेंशी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे । स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस क्षेत्रका समस्या र आवश्यकताबारे राय लिए । सोही क्रममा स्थानीयले मालेपाटन ढोडबेंशीलाई उखु खेतीको हबका रुपमा घोषणा… पुरा पढौ

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफू प्रतिनिधिसभा सदस्य भएदेखि नै देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको बताएकी छन् । आज ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्दै आएको बताइन् । “प्रतिनिधिसभा नीति, नियम र कार्यक्रम बनाउने थलो हो, प्रतिनिधिसभामा रहेर मैले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गरेको छु”, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन् “मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र आर्थिक, सामाजिक विकासका एजेण्डालाई पूरा गर्न सधैँभर… पुरा पढौ

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गरे । शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै… पुरा पढौ

नेकपा एस कास्कीका सचिव नेपाली एमालेमै फर्किए

पाेखरा, १२ कार्तिक । एकीकृत समाजवादी पार्टी कास्कीका सचिव हाेमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिबार आयाेजना गरेकाे कार्यकर्ता भेलामा नेपालीलाई एमालेमा स्वागत गरिएकाे हाे । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । नेकपा (एस) का केन्द्रीय प्रतिनिधि सदस्यसमेत रहेका नेपालीले अब एस भन्ने पार्टी नेपालमै नरहने ठाेकुवा गरे । 'माधव नेपाल र झलनाथ खनालकाे नाटक मञ्चनका… पुरा पढौ