राजनीति

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताए । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उनले अझै केही समय गाली र आलोचना मात्रै… पुरा पढौ

प्रधानमन्त्री पत्नी आरजु राणा बाग्लुङ–२ बाट पनि सिफारिस

प्रधानमन्त्री पत्नी डा. आरजु राणा बागलुङ क्षेत्र नं २ बाट पनि सिफारिस भएकी छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाउँदा आरजुलाई बागलुङको क्षेत्र नं २ बाट सिफारिस गरेको हो । बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको शनिबार सम्पन्न बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ । काँग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा उम्मेदवारमा गणेश… पुरा पढौ

काँग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपना

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा वरिष्ठ नेता पौडेलले देशको आवश्कता भनेको अहिले आफू प्रधानमन्त्री बन्नु रहेको बताए । उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ ।’ पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए । मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको… पुरा पढौ

खगराज अधिकारी पनि गण्डकी प्रदेश सभामा चुनाव लड्दै

एमाले स्थायी कमिटी सदस्य, पूर्वगृहमन्त्री खगराज अधिकारीको नाम प्रदेशसभामा सिफारिस भएको छ । प्रदेश सभातर्फ कास्की क्षेत्र १ (क) चुनाव लड्ने इच्छा व्यक्त गरेका अधिकारीले आफूलाई प्रदेशसभामा नाम लेखाएका हुन्। प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अधिकारीको नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटीले जनाएको छ । अधिकारीसँगै टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस गरिएको छ । अधिकारीलाई मुख्यमन्त्रीका प्रबल दाबेदारको रुपमा हेरिएको छ । अधिकारी अहिले संघीय सांसद छन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा… पुरा पढौ

पृथ्वीसुब्बा गुरुङ पुन: प्रदेश सांसदकै उम्मेदवारमा सिफारिस

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पुन: प्रदेश सांसदकै उम्मेदवारमा सिफारिस भएका छन् ।उनको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको हो ।गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए ।नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा बसेको ५ औँ पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो । गुरुङसँगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम… पुरा पढौ

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको प्रष्ट पारे । अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे । उनले मुलुकको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील… पुरा पढौ

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

बागलुङ । अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएकोे छ । यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएकोे छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका… पुरा पढौ

‘गठबन्धनमा सिट बाँडफाँटको अन्तिम तयारी हुदैछःअध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिए । पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज पोखरामा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्ने भन्दै उनले आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको बताए । साथै उनले गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्ने धारणा राखेका छन्… पुरा पढौ

सभामुख अधिकारी प्रतिनिधिसभाका लागि पर्वतबाट सिफारिस

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस भएका हुन् । बिहीबार सम्पन्न माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी भएका हुन् । उनी बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरी प्रदेशसभामा विजयी भएका थिए । प्रदेशसभामा उनी सुरुआत समयदेखि नै सभामुखका रुपमा कार्यरत छन् ।रासस अधिकारीसँगै प्रतिनिधिसभामा… पुरा पढौ

आज प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । पुरा पढौ