राजनीति

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा आज कांग्रेस केन्द्रीय कार्यसमिति एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उहाँले गिरीको विचार र उनका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री… पुरा पढौ

निलम्बित प्रधानन्यायाधीशको थप बयान १९ गते हुने

काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिनुभएको छ । उहाँको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठमा आज दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । बुधबारदेखि सुरु भएको बयानमा आजसम्म कूल छ वटा प्रश्नमा मात्र सवालरजवाफ भएको छ । कूल प्रश्न ४३ वटा रहेका छन् । त्यसमध्ये बुधबार चार प्रश्नमा सवालरजवाफ भएको थियो । बयानपछि समितिका सदस्य मीन विश्वकर्माले… पुरा पढौ

राष्ट्रियसभामा समितिका प्रतिवेदन पेश

काठमाडौँ । राष्ठ्रियसभाको आजको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र समितिको एकीकृत प्रतिवेदन २०७९ सभासमक्ष पेश गरे । त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार… पुरा पढौ

दूरदराजसम्म बिमाको पहुँच पु¥याउन अर्थमन्त्री शर्माको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएका छन् । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री शर्माले बिमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बिमा सेवा सहर–बजारमा सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने बताए । बिमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँगाउँमा पुग्नुपर्ने उनको भनाइ थियो । “बिमा सेवा गाउँ–गाउँसम्म पुग्नु सङ्घीयताको एउटा आयाम हो, वित्तीय र… पुरा पढौ

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार भएका थिए । यसैगरी नेपाली कांग्रेसले… पुरा पढौ

स्व नेता गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो । कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व गिरी प्रकृतिप्रेमी भएकाले उाको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए । “स्व गिरी जहाँ गए पनि रुखको छहारीमा बस्नुहुन्थ्यो, प्रकृतिसँग रमाउने उहाँको बानी थियो, उहाँको आत्माको शान्तिका लागि हामीले उहाँको पुण्यतिथिका अवसर… पुरा पढौ

‘जनताको साथमा कांग्रेस’

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समिति हाल आमनिर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानमा व्यस्त भएको छ । जिल्लाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन भइरहँदा क्षेत्रीयस्तरका समितिले आगामी मङ्सिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्न थालेका छन् । काभ्रेमा दुई प्रनिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । पार्टीको बाग्मती प्रदेश कार्यसमितिले प्रतिनिधिसभा–२ निर्वाचन अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ प्रदेश महामन्त्री कञ्चनचन्द्र वादे र पार्टीका जिल्ला सचिव माधव ढकालको नाम उम्मेदवारमा सिफारिस गरेको छ । यस्तै… पुरा पढौ

पाँच दलीय गठबन्धन बैठक आज पनि बस्दै, सिट बाँडफाँटबारे गहन छलफल गरिदैँ

पाँच दलीय सत्तागठबन्धन आज (बिहीबार) पनि बस्दैछ। बैठक आज बिहान ११ बजे पुन: बस्ने सहमति भएको छ। गठबन्धनको बैठकमा आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल गर्ने बताइएको छ। यसअघि, प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन। यसअघि, बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी… पुरा पढौ

गगन थापालाई कास्की–१ बाट उम्मेदवार बन्न प्रस्ताव

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की क्षेत्र नम्बर–१ बाट चुनाव लड्न प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की–१ मा आकांक्षीहरुको नाम बुझाउन गरिएको आह्वानमा थापाको नामपनि प्रस्तावमा आएको हो । पूर्व कानून मन्त्रीसमेत रहेका थापा काठमाडौं महानगरपालिका क्षेत्र नम्बर–४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । बुधबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएर गरिएको आह्वानमा महामन्त्री थापासहित १७ जनाको नाम आवेदन परेको छ । जसमा पूर्व कानून मन्त्री यज्ञबहादुर थापादेखि कांग्रेस सह–महामन्त्री जीवन परियार, एकमात्र महिला सरस्वती गुरुङसम्म… पुरा पढौ

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो । सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो । उक्त विधेयक गत साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो । समितिको… पुरा पढौ