राजनीति

नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को मागबमोजिम विधेयक पारित गर्नका लागि मतदान भएको थियो । बैठकमा उपस्थित १९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने… पुरा पढौ

नागरिकता विधेयक संविधानसम्मतरूपमा ल्याइएको हो : गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संविधानसम्मतरूपमा ल्याइएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधानमा भएको व्यवस्थाअनुसार अध्ययन गरेर नै विधेयक ल्याइएको जानकारी गराए । “नेपाली नागरिक बाबु र आमा भएर पनि नागरिकलाई नागरिकता प्रदान गर्न सकिएको छैन । सहमति र छलफलका आधारमा नै यो विधेयक अगाडि बढाइएको हो”, गृहमन्त्री खाणले भने, “विधेयक ल्याउने बेलामा निर्वाचनको तत्काल घोषणा हुने कुनै योजना पनि थिएन ।… पुरा पढौ

माओवादीको धादिङ–पोखरा जनसम्पर्क मञ्चले तीज विशेष तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने

पोखरा । नेकपा माओवादी केन्द्र धादिङ–पोखरा जनसम्पर्क मञ्च कास्कीले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा तीज विशेष तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ । कला, संस्कृति, रितिरिवाजको संरक्षण गर्दै धादिङबाट पोखरा आई बसोबास गर्ने महिला दिदीबहिनी तथा दाजुभाईहरुबीच आत्मियता साटासाट गर्दै तीज मनाउन यहि भदौ ४ गते कार्यक्रम गर्न लागेको नेकपा माओवादी केन्द्र धादिङ–पोखरा जनसम्पर्क मञ्च कास्कीका अध्यक्ष इश्वर कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम पोखरा–१८ सेदीस्थित वाई.यु.के. सुपरमार्केटमा हुने उनले बताए । कार्यक्रम वागमती प्रदेशका अर्थमन्त्री शालिकराम… पुरा पढौ

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राससलाई जानकारी दिए । नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताए । नेता महतोले सत्ता… पुरा पढौ

नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनःपेश भए के हुन्छ ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभामा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको… पुरा पढौ

नागरिकता विधेयकमाथि छलफल जारी

नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९० का सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा राख्नेक्रम जारी छ । सांसद अनिलकुमार झाले युवाको भविष्यलाई हेरेर नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाउँदा राज्यविहीन हुने अवस्था भएको बताईन । सांसद डा भीमबहादुर रावलले राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको भन्दै नागरिकता जस्तो… पुरा पढौ

कञ्चनपुरमा चुनावी सरगर्मी बढ्यो

नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन । अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन । बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा नेता तथा कार्यकर्तालाई राखेर चुनाव केन्द्रीय अभियानमा हुँदा एमालेका सांसद डा भट्ट, सांसद निरु पाल लगायतका एमाले नेता पार्टी कार्यालय महेन्द्रनगरमा प्रशिक्षणमा व्यक्त थिए… पुरा पढौ

नागरिकता विधेयकमाथि एमालेले राजनीति गर्‍यो : वर्षमान पुन

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाए छन् । नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे। आज प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले… पुरा पढौ

प्रतिनिधिसभा ः नागरिक विधेयकमाथिको छलफल जारी

काठमाडौँ । नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ आफ्ना धारणा व्यक्त गरेका हुन । सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उनीहरुको तर्क छ । बैठकमा सांसद प्रदीप ज्ञवालीले विधेयकलाई ‘हेडकाउण्ट’का आधारमा नभइ राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्ने बताए ।… पुरा पढौ

काठमाडौँको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् । सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश… पुरा पढौ