राजनीति

गल्ती दोहो¥याउने छुट कसैलाई छैन : एमाले अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहो¥याउनु बेठीक हुने बताए । उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहो¥याएर गल्ती गर्ने छुट अब नभएको बताए । उनले ठट्टा गर्दै भने, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?”… पुरा पढौ

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् । वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य… पुरा पढौ

गण्डकी सरकारले सवारी करको जरिवाना घटायो

कास्की । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै बाधा अड्काउ फुकाउने सुविधाको प्रयोग गरेर जरिवानाको दर घटाएको हो । गण्डकीमा आर्थिक ऐनमार्फत यसअघिका वर्षमा कर र जरिवाना लाग्दै आएकामा सरकारले चालु वर्षदेखि सवारी तथा यातायात… पुरा पढौ

ग्रामीण क्षेत्रको विकास सरकारको प्राथमिकतामा स् वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताए । फरक प्रसङ्गमा वरिष्ठ नेता… पुरा पढौ

आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन् । ४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उहाँले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँचदलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताए । अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनपर्नेमा जोड दिए । उनले भने, “अहिलेको गठबन्धन टुट्ने वाला छैन, आउने चुनावसम्म कायमै रहन्छ, तर निर्वाचनमा जम्मै सिट… पुरा पढौ

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश गरेको हो । “निर्वाचन चिह्नको विषयमा आयोगसमक्ष कसैले विवाद गरेको भन्ने पनि निर्णयबाट खुल्न आएको पाइएन”, आदेशमा भनिएको… पुरा पढौ

एमाले नेता तोरणबहादुर केसी नेकपा एसमा प्रवेश

पोखरा । नेकपा एमाले कास्कीका नेता तोरणबहादुर केसी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेका पूर्व कास्की जिल्ला कमिटी सदस्य केसी सोमबार एमाले प्रवेश गरेका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार अवीर लगाएर पार्टी प्रवेश गराए । नेकपा एस निकट पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार पोखरा सभागृहमा भएको कार्यक्रममा आयोजित ‘क.पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले केसीलाई पार्टीमा स्वागत गरेका हुन् । केसीलाई… पुरा पढौ

म्यानमारमा ४ जना प्रजातन्त्रका अभियान्तालाई मृत्युदण्ड

म्यानमारका सैन्य अधिकारीले ४ जना प्रजातन्त्र अभियान्तालाई ‘आतंकवादी कार्य’ गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्। पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्डको दिइएको यो पहिलो घटना हो। गत जनवरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। ४ जनालाई नै गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो। साथै आफ्ना विरोधीहरूमाथि रक्तपातपूर्ण कारबाही गरेको पनि उनीहरूमाथि आरोप थियो। मृत्युदण्ड दिइएको मध्येमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप–हप… पुरा पढौ

कास्कीका पत्रकार ऋषिकान्त प्रेस युनियनको उपाध्यक्षमा विजयी

कास्कीका ऋषिकान्त पौडेल नेपाल प्रेस युनियन गण्डकी प्रदेशको उपाध्यक्षमा विजयी बनेका छन्। युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पौडेल प्रदेशको उपाध्यक्षमा विजयी भएका हुन्। पौडेलले तनहुँका ओमकार आचार्यलाई पराजित गर्दै उपाध्यक्ष बनेका हुन्। यसअघिको कार्यकालमा युनियनको केन्द्रीय सदस्य रहेका पौडेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन्। युनियनको अध्यक्षमा स्याङ्जाका शिव लम्साल विजयी बनेका छन्। पुरा पढौ

प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

काठमाडौँ । प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गरे । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ । ‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न… पुरा पढौ