राजनीति

समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए। “कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्”, उनले भने । परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेकोे मन्त्रीलाई जानकारी… पुरा पढौ

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनकालागि आवश्यक सम्पूर्ण तयारी पूरा

पोखरा । बुधबारका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदानका लागि कर्मचारी व्यवस्थापन, सुरक्षा प्रबन्ध, मतपत्र र मतदान केन्द्र व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा भएको छ । रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । कार्यालयप्रमुख एवं प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले मतदान सकिएपछि मतगणना सुरु हुने र भोलि नै नतिजा सार्वजनिक गरिने बताए । उनले भने, “मतदानका… पुरा पढौ

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।… पुरा पढौ

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौं । कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले आज विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिएका छन् । रासस पुरा पढौ

विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर प¥यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँड

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच आज भएको छलफलमा उनले नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने बताए । उक्त बैठक गृहमन्त्री खाँडकै अध्यक्षतामा बसेको थियो । नेपाललाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन विमानस्थललाई व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई प्रविधियुक्त बनाउन सरकार लागिपरेको… पुरा पढौ

प्रदेशसभा सदस्य दवाडीद्वारा सरकारी तलबभत्ता कोरोना नियन्त्रणको लागि सहयोग

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गरेका हुन्। प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६… पुरा पढौ

स्थानीय तहको चुनाव सार्न मिल्दैनः एमाले नेता खरेल

झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए । चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा,१९ पदका लागि ४३ जना उमेरद्धर मैदानमा

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी बताए । निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी… पुरा पढौ

तलब, भत्ता जनताको सेवामा खर्चिएका सांसद दवाडी भन्छन् : सरकारको कामबाट जनता खुशी छैनन्

पोखरा, माघ ११ गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) प्रकाशचन्द्र दवाडीले आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका छन् । गोरखा क्षेत्र नम्बर २ (ख)का सांसद उनले शुरु देखि नै आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका उनले अहिलेपनि त्यसलाई निरन्तरता दिदै आएका छन् । उनले गत पुसदेखि यस वर्षको पुस मसान्त सम्ममा कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्चेका छन् । यस बिचमा उनले प्रदेश सांसदको हैसियतमा तलब, भत्ता र त्यसबाट बैंकमा रहँदा प्राप्त भएको… पुरा पढौ

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट हुने

यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत् खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)अब प्रतिस्र्धाबाट गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ । सोलारबाट उत्पादित ऊर्जालाई… पुरा पढौ