राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकीमा अन्तर्घात भएको सत्ता गठबन्धनको निश्कर्ष

पोखरा, माघ १३ गण्डकी प्रदेश स्तरीय सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्र्तघात भएको निश्कर्ष निकालेको छ । गण्डकीमा राष्ट्रिय सभा सदस्यको ३ सिटका लागि भएको निर्वाचनमा तीनै सिट जितेर सत्ता गठबन्धनले क्लिन स्वीप गरेपनि सत्ता गठबन्धनको मतभार घटेको थियो । निर्वाचनको समीक्षा गर्न विहीबार बसेको बैठकमा सत्तारुढ गठबन्धनले अन्र्तघातलाई चुनावी कमजोरीको रुपमा व्याख्या गर्दै त्यसलाई आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाएको छ । सत्तारुढ गठबन्धनको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,‘समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो… पुरा पढौ

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको… पुरा पढौ

कांग्रेसको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित… पुरा पढौ

जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो । प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन मर्मत सम्भार गरी आफ्ना काम÷कारबाही सञ्चालन गर्दै आएको छ भने प्रदेशसभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन भइरहेको छ । प्रदेश सरकार,… पुरा पढौ

कानुन मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उनका सचिवालयले जानकारी दिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए । मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने बताइएको छ । पुरा पढौ

पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता गर्ने मन्त्रीस्तरीय निर्णय

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।” पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीका संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । कोष र बतास समूहअन्तर्गतको होटेल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला… पुरा पढौ

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिए । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने, “हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन्… पुरा पढौ

सुदूरपश्चिमबाट गठबन्धनका उम्मेदवार विजयी

पोखरा । रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका साझा उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी)का मदनकुमारी शाह (गरिमा), दलिततर्फ नेकपा (माओवादी केन्द्र)का जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । महिलातर्फ विजयी शाहले तीन हजार ८३४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की सन्तोषी शर्मा थापाले एक हजार ७२८ मत पाए । यस्तै दलिततर्फको राष्ट्रियसभा सदस्य पदमा विजयी पार्कीले तीन… पुरा पढौ

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको क्लिन स्वीप

पोखरा, माघ १२ राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा सत्ता गठबन्धनले क्लिन स्वीप गरेको छ । राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेद्वार बिजयी हुँदै क्लिन स्वीप गरेका हुन् । गण्डकीबाट नेकपा माओवादी केन्द्रका दुई र नेपाली कांग्रेसका एक गरी तीनै जना उम्मेद्वारहरु बिजयी भएका हुन् । गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेश आले मगर, भुवनबहादुर सुनार र नेपाली कांग्रेसका कमला पन्त बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ… पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनः मत परिणाम पनि आजै सार्वजनिक

राष्ट्रिय सभा सदस्य १९ पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। देशका ७ वटै प्रदेशमा मतदान अहिले बिहान ९ बजेदेखि सुरु हुँदैछ। दिउँसो ३ बजेसम्मका लागि मतदानको अन्तिम समय तोकिएको छ। आज हुने निर्वाचनको परिणाम पनि आज (बुधबार) नै रातिसम्म सार्वजनिक हुने भएको छ। मतदान सकिएलगत्तै आजै मतगणना हुने र राति अबेरसम्म मत परिणाम सार्वजनिक हुने संभावना रहेको आयोगले जनाएको छ। राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज मतदान हुन लागेको हो। निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३, मधेस प्रदेशमा… पुरा पढौ