राजनीति

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछःनेता कोइराला

सुनसरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताए । उनले प्रदेश सरकारले पूर्णता नपाएका बेलामा धेरै विकास निर्माणका काम प्रभावित भएकाले यसलाई पूर्णता दिन आवश्यक भएको उल्लेख गरे । करिब रु २२ लाखको लागतमा सो भवन… पुरा पढौ

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भवः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् । सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण… पुरा पढौ

अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका हुन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ । सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु… पुरा पढौ

अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन्। सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धि पछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ । सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको… पुरा पढौ

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

काठमाण्डौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए । बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको हो । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत… पुरा पढौ

विवेकशील साझाका वडाध्यक्षसहित राष्ट्रिय नागरिक पार्टीमा प्रवेश

पोखरा । विवेकशील साझा पार्टीका वडा अध्यक्ष सहित विभिन्न पार्टीका २५ जना कार्यकर्ता राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी पोखरा २१ का अध्यक्ष छबिलाल सुनारलाई राष्ट्रिय नागरिक पार्टीका सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले काँग्रेस, कम्युनिष्टले देशलाई वर्वादीतर्फ लगेको, जनता सिटामल नपाएर मर्नु परेको अवस्थामा कुनै सुधार नआएको कारण देशमा नयाँ पार्टीको आवश्यकता रहेको वताएका… पुरा पढौ

गृहमन्त्री खाँणको २० जिल्लाका प्रजिअलाई निर्देशनःन्यानो कपडा तथा दाउरा वितरण गर्नु

गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् । गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानोे कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । यस्तै उनले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर… पुरा पढौ

जसले धेरै खर्च गर्छ उसैलाई बजेट धेरैः अर्थमन्त्री

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताए । “सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु”, उनले भने, “यहाँहरूले खर्च गरेर अपुग भएमा… पुरा पढौ

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता,सत्ता गठबन्धनको बैठक भोलि बोलाउने सहमति

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तीन शीर्ष नेताबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तै, आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी बैठक भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस पुरा पढौ