राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। दर्ता भएका दलमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको आयोगका राजनीतिक दल व्यवस्थापन शाखाले जनाएको छ। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल छन्। सबै दलले सातै प्रदेशमा उमेदवारी दिन सक्नेछ। त्यसैगरि, नेपाल मजदूर किसान पार्टीले वाग्मती प्रदेश, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशमा तथा ऐतिहासिक प्रजातान्त्रिक… पुरा पढौ

काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै, सभापति देउवाले पदभार ग्रहण गर्ने

नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शनिबार) बस्दैछ। त्यसअघि, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र सदस्य सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण र पदभार ग्रहण गर्ने कार्यक्रम छ। नेपाली काँग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति देउवा लगायत पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गर्नेछन्। काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको छ। सभापति लगायत पदाधिकारी र सदस्यहरुको पदभार ग्रहणपछि महाधिवेशबाट आएको काँग्रेसको… पुरा पढौ

नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए। विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उनले भने“विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।” भारत भ्रमणबाट आजै स्वदेश फर्किनु भएका मन्त्री… पुरा पढौ

राजनीतिक स्थायीत्व विना मुलुक समृद्ध हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाण्डौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्कोतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठिक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए । “एउटा कोण नेकपा (एमाले)को छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने… पुरा पढौ

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ:मन्त्री रेग्मी

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री रेग्मीले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताएका हुन् । उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै महिलालाई हरेक क्षेत्रमा… पुरा पढौ

प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरेःअध्यक्ष दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकतासभामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको समेत बताए । परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने… पुरा पढौ

माओवादी केन्द्र स्थायी समितिको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो। माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुनेछन्। बैठकमा प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिने जनाइएको छ। माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको… पुरा पढौ

कांग्रेस महाधिवेशन : सबै पदको मतगणना सम्पन्न

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत… पुरा पढौ

विकासको नेतृत्व माओवादीले गर्छ : सभापति कोइराला

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका छन् । पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले सो कुरा बताएका हुन् । कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतृत्वमा भएको र अव विकासको परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गरे । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुदा पहिलो भ्रमण चाइना गर्दे पोखरामा अन्तराष्ट्रिय विमानस्थलको लागि कुरा अगाडि बढाएको यस्तै मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व… पुरा पढौ

माओवादी राष्ट्रिय सम्मेलनःगण्डकी प्रदेशबाट ७४ प्रतिनिधिको सहभागिता रहने

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा गण्डकी प्रदेशबाट करिब ७४ प्रतिनीधि गरि कुल एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका… पुरा पढौ