राजनीति

थमनको स्मृति सभामा माओवादी नेतृत्वको एक स्वर : ‘पार्टी जति बिग्रियो बिग्रियो, अब सपार्छौं’

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष हरिराज अधिकारी (कुमार)ले २०६४ सालकै अवस्थामा पार्टीलाई फर्काउन सम्पूर्ण पार्टी पंक्ति लाग्नुपर्ने बताएका छन् । सहिद थमन परियारको १७ औं स्मृति दिवसको अवसरमा थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘स्मृति सभा’मा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश अध्यक्ष अधिकारीले सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउनुपर्नेमा जोड दिएका हुन् । उनले पार्टी नेतृत्वलाई गाली गरेर मात्र पार्टी नबन्ने भन्दै त्यसका लागि सबै एकजुट भएर पार्टी संगठनलाई बिस्तार गर्नुपर्ने बताए… पुरा पढौ

आज देशभर नेकपा एमालेको वडा अधिवेशन

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) मुलुकभर वडा अधिवेशन हुँदैछ। एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै, यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी… पुरा पढौ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष निर्वाचित र समानुपातिक दुबै सांसदको समान हैसियत

गण्डकी प्रदेश सरकारले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधि संशोधन गरेको छ । प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले सो कार्यक्रमको बजेट बाँडफाँड र योजना छनौटमा सबै सांसदको समान हैसियत हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री खड्काले जानकारी दिए । यसअघी प्रत्यक्ष निर्वाचित सांसदको अगुवाईमा योजना छनौट र बजेट बाँडफाँड हुने गरेको थियो । जसमा प्रत्यक्ष निर्वाचित सांसदले ६० प्रतिशत र बाँकी बजेट समानुपातिक सांसदले दामासाहीले बाँडफाँड गरेर योजना छनौट गर्ने गरिएको थियो । एमाले सरकारका पालामा… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा बन्न लागेको एन्फा टेक्निकल सेन्टर नजिकै बाँध बाँध्न प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ«े गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन् ।कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टे«ेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटन भित्र खेलकुदका गतिविधिलाई… पुरा पढौ

एमालेको महाधिवेशन चितवनमा हुने

काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन बाग्मती प्रदेशको चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि सो महाधिवेशन लुम्बिनी प्रदेशको बुटलवमा हुन सक्ने जनाइएकोमा पार्टीको आठौँ महाधिवेशन पनि सोही स्थानमा भएकाले फरक स्थानमा गर्न माग उठेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म नयाँ नेतृत्व चयनका लागि महाधिवेशन तय गरिएको छ । पार्टीको बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आफ्नो प्रदेशमा महाधिशन गर्न नेतृत्वलाई आग्रह गरेको थियो । एमालेको आज भएको स्थायी कमिटी… पुरा पढौ

मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पु¥याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । यसैगरी मुख्यमन्त्री… पुरा पढौ

ओलीले दिएको अभिव्यक्ति हाँस्यापद : कांग्रेस प्रवक्ता शर्मा

काठमाण्डौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले एमाले अध्यक्ष ओलीले दिएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।  कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले संविधान सम्बत् ढंगले बनेको यो सरकारलाई कसैले ढाल्न नसक्ने चेतावनी दिँदै उनले यही सरकारले तीनै… पुरा पढौ

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए । “बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”,उनले भने , “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए । प्रधानमन्त्री देउवाको… पुरा पढौ

समृद्धिका लागि एमालेसँग मात्रै स्पष्ट गन्तव्य छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा र स्पष्ट गन्तव्य बोकेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । सो पार्टीको बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठकमा आज निवर्तमानप्रधानमन्त्री ओलीले अन्य दल र अहिलेको सत्ता गठबन्धनसँग आफूल गठजोड र सत्ता स्वार्थ मात्रै देखिएकाले ती दललाई जनताले जनादेश नदिने जिकिर गरे । अध्यक्ष ओलीले पार्टीले तोकिएको मिति आगामी मङ्सिर १०, ११ र १२ मा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि स्थानीय… पुरा पढौ

तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सङ्घीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवा उक्त परिषद्का अध्यक्षसमेत हुन् । बैठकमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता आएको छ । पैसा… पुरा पढौ