राजनीति

एमालेको सिफारिश कार्यान्वयन नहुने, १४ सांसदको पद जोगियो

काठमाण्डौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गरे प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । “राजनीतिक दलसम्बन्धि ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नुनपर्ने निर्णय सभामुखबाट भएको हो”, उनले भने यही भदौ १ गते नेकपा (एमाले)ले आफ्ना… पुरा पढौ

प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

गण्डकी प्रदेश लोकसेवा आयोगले तयार पारेको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हस्तान्तरण गरिएको छ । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आइतबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको बार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आर्थिक बर्ष समाप्त भएको ४५ दिन भित्रमा आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने प्रावधान बमोजीम आयोगले आफनो प्रतिवेदन बुझाएको हो ।आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष्य जनशक्ति… पुरा पढौ

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

काठमाण्डौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ । पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो । यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ । पुरा पढौ

काँग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत, कास्कीमा रेग्मी

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ। यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतहरू जिल्ला जिल्लामा जाने क्रम सुरु भएको छ। पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको हो। हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको हो। निर्वाचन अधिकृतलाई क्रियाशील… पुरा पढौ

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

काठमाण्डौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा,… पुरा पढौ

वाईसिएलको अध्यक्ष बनेर ईतिहास रच्ने मोडमा कास्कीका सुमन देवकोटा

योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)को केन्द्रीय अध्यक्ष बन्ने लाईनमा कास्कीका सुमन देवकोटा अग्रपंक्तिमा देखिएका छन् । हालका बरिष्ठ उपाध्यक्ष देवकोटा वाईसिएलको अध्यक्ष बन्ने दौडमा प्रमुख दाबेदारका रुपमा उभिएका हुन् । देवकोटासँगै हालका उपाध्यक्ष द्वय यशोदा न्यौपाने (जुम्ला) र सुरज सिंह (बझाङ) तथा महासचिव सुबोधराज श्रीपाली (पूर्वी रुकुम) अध्यक्षका आकांक्षी हुन् । कास्कीका देवकोटालाई पार्टी हाईकमाण्डकोपनि समर्थन रहेको श्रोतले बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु देवकोटालाई अध्यक्ष बनाउन सहमत भइसकेका छन् । उसो त यसअघी रामप्रसाद सापकोटा… पुरा पढौ

विद्यार्थीलाई तत्काल खाेपका लागि पहल गर्न पी.एन. क्याम्पससमक्ष अनेरास्ववियुकाे माग

पाेखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई काेराेना विरूद्धकाे खाेपका लागि पहल गरिदिन क्याम्पस प्रशासनसमक्ष माग गरेकाे छ । शुक्रबार अनेरास्ववियुले परीक्षा दिइरहेका, परीक्षा तालिका प्रकाशित भएका, विज्ञान र महिला होस्टलका गरी जम्मा २१ सय ९३ जना विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तत्काल खाेपका लागि पहल गरिदिन क्याम्पस प्रशासनकाे ध्यानाकर्षण गराएकाे हाे । साथै, क्याम्पसका सबै १३ हजार ८ सय ७६ जना विद्यार्थीलाई नै एकमहिनाभित्र खोप लगाउन पहलकदमी गरिदिन क्याम्पस प्रमुखकाे ध्यानाकर्षण गरिएकाे अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष… पुरा पढौ

एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने

काठमाण्डौं । नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी… पुरा पढौ

अफगानिस्तानबाट आज ११ जनाको उद्धार

काठमाण्डौं । अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पु¥याइएको परराष्ट्र मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको जनाउँदै मन्त्रालयले विमानस्थलबाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पु¥याउन विभिन्न तहमा समन्वय भइरहेको बताएको छ । अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँदिल्ली पु¥याइएकाहरूलाई स्वदेश ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको… पुरा पढौ

तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

काठमाण्डौं । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन… पुरा पढौ