राजनीति

विश्व बैंक र एसियाली बिकास बैंक प्रतिनिधीले प्रदेश स्वास्थ्यमन्त्री अधिकारीलाई भेटे

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग र विश्व बैंक तथा एसियाली विकाश बैंकका प्रतिनिधीबीच भेटवार्ता भएको छ । विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिबीच सोमबार विहान भेटवार्ता भएको हो ।भेटका क्रममा प्रतिनिधि मण्डलले गण्डकी प्रदेशका जिल्लाहरुमा भइरहेका खोप कार्यक्रमको अनुगमन गरेको र खोप वितरणका बारेमा जानकारी लिएको जानकारी गराएको थियो । सो अवसरमा प्रदेशका मनाङ्ग र मुस्ताङ्ग जिल्लालाई १८ बर्ष माथिका पुर्ण कोरोना खोप जिल्ला बनाउन सफल भएकोमा बधाई दिएको छ । कोरोना महामारी नियन्त्रणका लागि… पुरा पढौ

मणिपाल बिक्रीको विरोधमा प्रदर्शन

अखिल ९क्रान्तिकारी० र अखिल नेपाल विद्यार्थी युनियनद्वारा भारतिय लगानिमा र राज्यको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको अबैधानिक बिक्री बिरुद्द आज भदौ,२१ सोमबार मणिपाल प्रागणमा पुगी बिरोध जनाएको छ ।२०४९ साल फाल्गुन १८ गते तत्कालिन श्री ५ को सरकारका तर्फबाट श्री ५ को सरकार शिक्षा, स्वास्थ्य तथा कल्याण मन्त्रालय र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप संग भएको सम्झौता विपरीत खरीद बिक्री भएको र यो अबैधानिक रहेको भन्दै बिप्लव निकट अखिल ९ क्रान्तिकारी ० ले बिरोध प्रदर्शन गरेको हो ।नेपाल सरकारको सम्लग्नता… पुरा पढौ

गण्डकी प्रदेश काँग्रेस: बागलुङ र नवलपुरमा आज वडा अधिवेशन

नेपाली काँग्रेस गण्डकी प्रदेशको नवलपुर र बागलुङ जिल्लामा आज (सोमबार) वडा अधिवेशन हुँदैछ। गण्डकीका ११ मध्ये ९ जिल्लामा नेपाली काँग्रेसले शुक्रबार र शनिबार वडा अधिवेशन सकेको छ भने आज २ जिल्लामा अधिवेशन हुन लागेको छ। गण्डकी प्रदेशको ८५ स्थानीय तहको ७ सय ५९ वडामध्ये नवलपुरका ९२ र बागलुङका ८५ वडामा आज (सोमबार) वडा अधिवेशन हुँदैछ। यसबाहेकको प्रदेशभित्रको सबैजसो वडाको नतिजा आइसकेका छन्। धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। पोखरा–२० को अधिवेशन बाढीपहिरोका कारण भोली (मंगलबार) का लागि सारिएको छ।… पुरा पढौ

नेकपा एकीकृत समाजवादी पोखरा ४ को अध्यक्षमा बिजया कोइराला

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो संगठन विस्तारलाई वडा तहसम्म तीव्ररुपले अगाडि बढाएको छ । यही क्रममा कास्कीका सबै वडामा कमिटी निर्माण अभियानमा जुटेको एकीकृत समाजवादीले पोखरा– ४ मा एक भेला गरी वडा कमिटी घोषणा गरेको छ । विजया कोइरालाको नेतृत्वमा ३१ सदस्यीय नेकपा एकीकृत समाजवादी वडा नम्बर–४ कमिटी गठन गरिएको नवगठित वडा कमिटीका सचिव उमा पराजुलीले जानकारी दिइन् ।एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाथ बरालले वडा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नबौं महाधिवेशनको मार्गचित्र विपरित पार्टी सञ्चालन गरेकाले आफूहरु… पुरा पढौ

असल कम्युनिष्टहरु फेरिपनि मिल्नुको विकल्प छैन : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले असल कम्युनिष्टहरु फेरिपनि मिल्नुको विकल्प नभएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीको आइतबार पोखरा १४ मा रहेको शहिद स्मृती आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले पहिले गरेको एकता दीगो नभएपनि फेरिपनि असल कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताएका हुन् । उनले भने,हिजोको एकता दीगो भएन, तर पहिलेको एकता दीगो भएन भनेर चुप लागेर बस्नु हुँदैन, यो देशको… पुरा पढौ

नेपाली कांग्रेस पोखरा–६ को सभापतिमा सन्तोष पौडेल निर्वाचित

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ बैदाम को सभापतिमा सन्तोष पौडेल विजयी भएका छन् । नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा १४८ मतका साथ पौडेल विजयी भएका हुन् ।मतदानका कूल ४०५ मत खसेको थियो, जसमध्य १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रत्यासी उम्मेदबारहरु खबराज पहारीले १२७ र शिसिर पहारीले १२० मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित पौडेल २०५७ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका, उनले विभिन्न सामजिक संघसंस्थामा सेवा गरेका थिए ।… पुरा पढौ

रुपा ३ माओवादी केन्द्रको अध्यक्षमा भुजेल

नेकपा माओवादी केन्द्रको रुपा गाउँपालिका वडानं ३को भेला सम्पन्न भएको छ । पोल्याङमा सम्पन्न भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सचिवमा भिम बहादुर विक निर्बाचित हुनुभएको छ भने सदस्यहरुमा टिका बस्नेत, भरत छिमाल,अनिल श्रेष्ठ,अजित केसी,काजीलाल श्रेष्ठ,विनोद भुजेल,संगिता भुजेल,शिला भुजेल,चिनबहादुर कुमाल,आद्धत बहादुर परियार,उमा क्षेत्री,राधा रानाभाट,त्रिकला सुनार,अप्सरा भुजेल,धनु भुजेल,रामबहादु सुनार, अर्जुन वि।क, श्याम कृष्ण अधिकारी र जलन कुमाल रहनुभएको छ ।यस अघि भेलाको उद्घाटन गर्दे गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति… पुरा पढौ

अशोक खड्काको नेतृत्वमा पोखराका ५८ युवा व्यवसायी युवा संघमा प्रवेश

पोखरेली युवा व्यवसायी अशोक खड्काको नेतृत्वमा पोखराका ५८ युवा व्यवसायी नेकपा एमाले निकट राष्ट्रिय युवा संघमा प्रवेश गरेका छन् । युवा संघको आज आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै युवा संघमा प्रवेश गरेका हुन् । युवा संघमा प्रवेश गरेका युवा व्यवसायी अशोक खड्कासहितलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङलगायतले अवीर, खादा… पुरा पढौ

विप्लव निकट विद्यार्थी र युवा संगठनद्वारा पोखरामा विरोध प्रदर्शन

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी )कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ । नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय बिदेश मन्त्रालयका प्रवक्ताको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा उनीहरुले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडि गरिएको विरोध प्रदर्शनमा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल, अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पुरन पुन लगायतले जयसिंह धामीको हत्यारालाई कारवाही गर्न माग गरे । उनीहरुले भारतीय विदेश मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति… पुरा पढौ

४० बढी जिल्लामा काँग्रेसको वडा अधिवेशन सकियो

४० बढी जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ५६ जिल्लामध्ये ४० बढी जिल्लाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको हो। मुलुकमा संघीयता आएपछि प्रादेशिक संरचनाको अभ्यास गर्दै नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत क्रियाशिल सदस्यताको विवाद नभएका ४० जिल्लाका वडाहरुमा वडा अधिवेशन गरेको हो। क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका ५६ जिल्ला मध्ये करीब ४० जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको र केही वडामा भने १/२ दिनभित्र अधिवेशन हुने निर्वाचन… पुरा पढौ