राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ जेठ २३ मा, अर्काे संवैधानिक इजलास गठन हुने

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास थियो । इजलासबाटै प्रधानन्यायाधीश जबराले भने, “अब वरिष्ठताका आधारमा न्यायाधीश तोकर संवैधानिक इजलास गठन गरिन्छ ।” शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ शुरु भए पनि इजलास गठनकै… पुरा पढौ

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । खड्काले तीनहजार ६१२ मत प्राप्त गरेका थिए । नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गरेको बताइएको छ । पुरा पढौ

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए । उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य… पुरा पढौ

अक्सिजनको अभावमा पोखरामै ८ जनाको मृत्यू भएको घटनामा सरकारले माफी माग्नुपर्छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजधानी पोखरामा अक्सिजनको अभावमा १ सुत्केरीसहित ८ जना कोरोना संक्रमितको मृत्यू भएकोप्रति सरकारले माफी माग्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको लापर्वाहीले उनीहरुको ज्यान गएको भन्दै उनले भने,‘एकातिर मुख्यमन्त्री अक्सिजनको अभाव छैन भन्ने, अर्कोतिर सुत्केरीसहित ८÷८ जनाको मृत्यू हुने । यो घटना समान्य होइन । सरकारले सार्वजनिक माफी माग्नुपर्छ ।’ उनले घटनाको छानविन गर्नका लागि समिति बनाउनसमेत… पुरा पढौ

कसैले भन्दैमा बजेटको नीति, सिद्धान्तमाथिको छलफल रोकिदैन : मन्त्री बस्नेत

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन शुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दुरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि शुरु भएको बजेट अधिवेशन वा बर्खे अधिवेशनको रुपमा लिइने आठौं अधिवेशनको शुभारम्भको अवसरमा दलका नेताहरुले सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरुले अल्पमतको सरकारले बजेट ल्याउन नपाउने भएकाले बजेटको नीति, सिद्धान्त माथि छलफल पनि नगर्न माग गरे । विश्वासको मत नलिई बजेटको नीति, सिद्धान्त माथिको छलफल नगर्न उनीहरुको माग थियो… पुरा पढौ

संघीयता विरोधी प्रधानमन्त्री ओलीकै मुद्धामा मुख्यमन्त्री गुरुङपनि लतारिनुभयो : चुमान

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयता विरोधी मुद्धामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङपनि लतारिएको आरोप लगाएका छन् । आईतबारदेखि शुरु भएको गण्डकी प्रदेश सभाको आठौं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका चुमानले संघीयता पक्षधर मानिने गुरुङमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । बजेट अधिवेशनको शुभारम्भको अवसरमा शुभकामना मन्तव्य राख्दै चुमानले भने,‘सरकार बनेको साढे २ वर्ष मुख्यमन्त्रीले संघीयताका लागि लड्नु भो, तर त्यसपछि भने प्रधानमन्त्रीको संघीयता विरोधी मुद्धामा… पुरा पढौ

आगामी आवका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१।२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२।७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब सात अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत विनियोजन गरेको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब… पुरा पढौ

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो । यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव… पुरा पढौ

कास्की काँग्रेसको एम्बुलेन्स सेवाबाट एक सय बढी लाभन्वित

पोखरा । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ । कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो । पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु गरिएको छलफलका क्रममा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिवद्वता व्यक्त गरिएको छ । ‘छलफल निकै उपयोगी भएको छ ,सभापति केसीले… पुरा पढौ

कास्कीको अन्नपूर्णका ५ दलको एकै स्वर ‘संसद विघटन असंवैधानिक ’

पोखरा । प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरिएकोप्रति कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५ पार्टीका नेताहरुले ध्यानाकर्षण भएको जनाएका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने जेठ ७ गतेको राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भर्त्सना गरेको जनाएका छन्। विज्ञप्तिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारी, नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष धर्म तमु, जसपा अन्नपूर्ण गाउँपालिका संयोजक हेमराज अधिकारी र बिवेकशिल साझा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पशुपति दाहालको हस्ताक्षर छ… पुरा पढौ