राजनीति

पालिकाको विपद् कोषमा प्रदेश सरकारले ५ लाख दिने

पोखरा । गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । स्थानीय विपद व्यवस्थापन कोषमा विपदजन्य घटनाहरुको रोकथाम, उद्धार र राहत तथा पुनस्र्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो । चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ । अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट… पुरा पढौ

नेता कुँवरको अन्त्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

पोखरा । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गरे । विज्ञप्तिमा उनले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाए । विज्ञप्तिमा कुँवरलाई निष्ठावान र इमान्दार नेताका रुपमा स्मरण गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाली काँग्रेस कास्की उहाँप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछ… पुरा पढौ

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल(कुमाल) नियुक्त भएका छन् । नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुन् । अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् । त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन् । मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ… पुरा पढौ

कुँवरको निधनले पोखराका मेयर मर्माहत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी, नेपाली कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल टे«ड युनियन आन्दोलनका अग्रणी व्यक्तित्व रामजी कु्ँवरको निधनप्रति पोखरा महानगरपालिकाका प्रमुख मानहादुर जिसीले अत्यन्त मर्माहत भएको बताएका छन्। ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत कुँवरको निधनले सच्चा मित्र, सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको सहयोद्धालाई गुमाउँदा अपुरणीय क्षति भएको अनुभूति गरेको छु,’ मयेर जिसीले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाचन २०७४ मा पोखरा… पुरा पढौ

कांग्रेसद्वारा चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

काठमाण्डौं । नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको जनाएको छ । साथै ९ दिनसम्म उहाँ नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उहाँले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु तथा अन्तिममा जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन् । मुलुकका विभिन्न भागमा महिला… पुरा पढौ

पोष्ट कोभिडका कारण ट्रेड युनियन कंग्रेसका बरिष्ठ उपाध्यक्ष कुँवरको निधन

नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।ट्रेड युनियन कंग्रेसका बरिष्ठ उपाध्यक्ष कुँवरको पोष्ट कोभिडको समस्याका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) भएर सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । कोरोना संक्रमण नेगेटिभ आएपनि कोभिडबाट उत्पन्न निमोनियालगायतका समस्याका कारण उनको मृत्यू भएको परिवारले बताएको हो । स्वर्गिय कुँवर गत स्थानिय चुनावमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी थिए । उनी हालका मेयर एमाले नेता मानबहादुर जिसीसँग पराजित भएका थिए । पुरा पढौ

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६- ०७७’ सभासमक्ष पेश गरेका थिए। त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरे । बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारायण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन… पुरा पढौ

‘प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष बुझाउनुभएकाे हस्ताक्षर किर्ते होइन’

काठमाण्डाै । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते नभएको दाबी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइका क्रममा उनले यस्ताे दाबी गरेका हुन् । प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते होइन, वरिष्ठ अधिवक्ता थापाले भने, को कहाँ छ, त्यहीँ सही गराउने हो, किर्ते छ भने कारबाही लगाउनुस्, त्यो… पुरा पढौ

प्रधानन्यायाधीशको प्रश्नः एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उनले सो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश राणाले भने, “संविधानको धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ ? एमालेबाहेकको वैकल्पिक सरकार बन्नसक्ने अवस्था छ ?” जवाफमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले… पुरा पढौ

निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उनले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरूसँग छलफल गरिएको बताए । नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताउँदै उनले सरकारको मापदण्डमा रहेर निजी क्षेत्रको सहयोगमा सरकार खोप किन्न तयार रहेको र यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीहरूको सहयोग जरुरी रहेको उल्लेख गरे ।बिना विभागीयमन्त्री हरिशरण आचार्यले राज्य… पुरा पढौ