राजनीति

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी !

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् । स्रोतहरूका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता

रूपन्देही । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा सरकार परिवर्तनको तयारीमा लागेका कांग्रेस, माओवादी र जसपाका ३४ सांसदको हस्ताक्षर रहेको छ । यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोमबार… पुरा पढौ

सरकारको न्यूनतम साझा कार्यक्रम बारेमा शीर्ष नेताबीच छलफल

काठमाण्डौं । सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण बनाउने तयारी छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेट

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरिन् । भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराए । आगामी अक्टोबरमा शिलान्यास गर्नेगरी उक्त परियोजना अगाडि बढाइएको उनले बताए । राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको… पुरा पढौ

एमालेका विभिन्न विभागमा मनोनयन

काठमाण्डौं । नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न नौ केन्द्रीय विभागमा सदस्य मनोनयन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले ती विभागहरूमा अधिकतम २५ सदस्यसम्म रहन सक्ने व्यवस्था भए पनि पार्टीमा असन्तुष्ट पक्ष काममा फर्कने सक्ने अपेक्षासहित हाललाई ६ देखि १५ सङ्ख्यामा मात्रै सदस्य मनोनयन गरिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले पार्टीलाई अब नयाँ गतिका साथ अघि बढाउने बताए । एमालेले यसअघि केन्द्रीय विभागका प्रमुखहरूको जिम्मेवारी तोकिसकेको थियो । आज सदस्य तोकिएका… पुरा पढौ

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत साउन १२ गते प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङले आज पदभार ग्रहण गरेका हुन् । सोमबार पोखरामा पदबहाली गर्दै प्रदेश प्रमुख गुरुङले संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधानलाई आत्मसात गर्दै जिम्मेवारी बहन गर्ने बताए । संघीय व्यवस्थालाई कमजोर हुन नदिने उनले प्रतिवद्धता जनाए । पुरा पढौ

तुईन काट्दा भएको हत्याबिरूद्व पोखरामा नेकपाको प्रदर्शन

नेत्र विक्रम चन्द ू बिप्लव ू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी ९एसएसबी ० ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु घटनाको विरोधमा पोखरामा आज प्रदर्शन गरेको छ ।आज दिउँसो ३ बजे पोखराको चिप्लेढुङ्गामा कोण सभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले तुईन काट्दा भएको जयसिंह धामि हत्या प्रकरणको विरोधमा पोखरामा प्रदर्शन गरेको हो ।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गतआयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम मानबअधिकार चोकबाट शुरू भएर महेन्द्रपुल हुँदै बजार परिक्रमा गरेर चिप्लेढुङ्गा स्थित बिपि… पुरा पढौ

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने भनाइ राखे । उनले भने,‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार के गर्नुपर्छ हामीलाई सुझाव चाहिएको छ, हाम्रो क्षमताले भ्याएसम्म सहकार्य गर्न सरकार तयार छ ।’ उनले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा… पुरा पढौ

एमाले पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेभित्र

काठमाण्डौ । नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आज पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । स्थायी कमिटीको बैठक सोमबार पनि जारी रहने बताइएको छ । यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी… पुरा पढौ

भरतपोखरीका विभिन्न विकासका योजनाबारे ध्यानाकर्षण

पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरी इकाई समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेश सरकारका मन्त्री समक्ष भरतपोखरीमा आवश्यक विकासका योजनाबारे ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस पोखरा–३३ इकाई समितिको संयोजनमा काँग्रेस नेता एवम् अगुवा कार्यकर्ता सहितको टोलीले मुख्यमन्त्री पोखरेल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै भेटी भरतपोखरी क्षेत्रमा सडक कालोपत्रे, स्तरोन्नति, खानेपानी, सामूदायिक भवन निर्माण, सिंचाई, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, जेष्ठ नागरिक लगायतका… पुरा पढौ