राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार अपरान्ह ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले बोलाएको बैठकमा के एजेन्डामा छलफल हुने हो त्यो भने नखुलाइएको उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पुरा पढौ

पदीय दायित्व नबुझ्दा प्रदेश प्रमुख पौडेल विवादमा तानिइन्

पोखरा । पदीय दायित्व नबुझ्दा गण्डकी प्रदेश प्रमुख सीता पौडेल विवादमा तानिएकी छन् । आफ्नो पदीय दायित्व नबुझी सभामुखप्रति कटाक्ष गर्दा प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी हुन् । सरकारले पौडेललाई सोमबार गण्डकी प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो । प्रधानमन्त्री ओली निकट उनलाई अमिक शेरचनलाई हटाउँदै नियुक्त गरिएको हो । नियुक्त गरेकै दिन राष्ट्रपतिबाट सपथ लिएकी उनी बुधबार पोखरा आएर पदभार ग्रहण गरिन् । पदभार ग्रहण लगत्तै उनले विवादित पदीय मर्यादा विपरित सभामुखको राजिनामा माग्ने घडी… पुरा पढौ

‘रवीन्द्रका अनुहारमा समृद्धि झल्कन्थ्यो’

पोखरा । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरेका छन् । अधिकारीको ५२ औंँ जन्मजयन्तीका सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रष्ठिानद्वारा आयोजित ‘विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीका वक्ताले अधिकारी विकासको स्पष्ट धारणा बोकेर गन्तव्यमा लम्केको नेताका रुपमा चित्रण गरे । अधिकारीका अनन्य मित्र बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विकासका लागि राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो । प्रा डा भरतराज पहारीले विकासलाई आध्यात्मिक… पुरा पढौ

नवनियुक्त प्रदेश प्रमुख पौडेलको अभिव्यक्ति प्रति विपक्षी दलको ध्यानाकर्षण (विज्ञप्ती सहित)

पोखरा । नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले दिएको अभिव्यक्ति प्रति गण्डकी प्रदेशका विपक्षी दलले आपत्ती जनाएका छन् । बुधबार पदभार ग्रहणका क्रममा प्रदेश प्रमुख पौडेलले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् । पदबहालीको क्रममा प्रदेश प्रमुख पौडेलले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भन्ने अभिव्यक्ति गलत, भ्रामक र आपत्तिजनक रहको विज्ञप्तीमा भनिएको छ । साथै उनको अभिब्यक्ती पदको मर्यादा विपरित रहेको जनाइएको छ । विज्ञप्तीमा ‘प्रतिपक्षको… पुरा पढौ

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो । ज्वरो आएलगत्तै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । एन्टिजेनमा पोजिटिभ देखिएपनि पुनः प्रमाणिकरणका लागि पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । पुरा पढौ

एमाले पोखरा महानगर अध्यक्ष पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका पोखरा महानगर अध्यक्ष दीपक पौडेललाई कोरोना संक्रमण भएको छ । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार दिएको स्वाबको पिसीआर रिपोर्ट आज विहान पोजिटिभ आएको अध्यक्ष पौडेलले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जानकारी दिएका हुन् । पौडेलले आफूलाई २ दिन जति सामान्य फुको खोकी देखिएपछि पिसीआर टेस्ट गरेको उल्लेख गरेका छन् । उनले आफू होम आइसोलेसन (एकान्तबास) बसिरहेको बताएका छन् । पुरा पढौ

विशेष अधिवेशन बोलाइनाको आशय राम्रो देखिँदैन : माओवादी केन्द्र

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले संसद्को नियमित अधिवेशन बोलाउनाको सट्टा प्रधानमन्त्रीले विश्वासको मत लिने भनी विशेष अधिवेशनको रुप दिएर बैठक बोलाइनाले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गरी नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा… पुरा पढौ

कांग्रेसले प्रमको विश्वासको मत आग्रहलाई असफल बनाउने

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा वर्तमान सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजको जनाउँदै आपत्तिसमेत जनाएको छ ।कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ । यसैगरी सभापति देउवाले… पुरा पढौ

असंवैधानिक कदम चाल्ने वित्तिकै राजिनामा दिन खोजेको थिएँ, तर अहिले बिना कारण हटाइयो : शेरचन

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूले पहिल्यै राजिनामा दिन खोजेपनि प्रचण्डले रोकेको बताएका छन् । सरकारले पदमुक्त गरेपछि निवास छाड्नुअघि पत्रकार सम्मेलन गरेर शेरचनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्ने वित्तिकै आफूले राजिनामा दिन खोजेपनि तत्कालिन नेकपा अध्यक्ष प्रचण्डले रोकेको उनको भनाई थियो । अहिलेपनि भनेको भए राजिनामा दिन तयार रहेर बसेको थिएँ भन्दै उनले भने,‘असंवैधानिक कदम चाल्ने वित्तिकै राजिनामा पत्र खल्तीमा राखेर प्रचण्डलाई जानकारी गराउन गएको थिएँ । तर खै उहाँलाई फेरी पार्टी एकता हुन्छजस्तो लाग्यो… पुरा पढौ

जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड… पुरा पढौ