राजनीति

विभिन्न पार्टी परित्याग गरि १५५ जना राष्ट्रीय यूवा संघ नेपालमा प्रवेश

पोखरा । पोखरामा आइतबार दर्जनौ यूवाहरु नेकपा एमालेको यूवा संगठन राष्ट्रीय यूवा संघ नेपालमा प्रवेश गरेका छन् । संघको गण्डकी प्रदेश कमिटिको आयोजना गरेको बिशेष कार्यक्रममा पोखरा महानगरका वडा न १२, १५, ३२ का १५५ जना यूवाहरु नेपाली कांग्रेसको तरुण दल र नेकपा माओबादी केन्द्रको वाई सी एल नेपाल लगायत विभिन्न पार्टी परित्याग गरि सो संघमा प्रवेश गरेका हुन नवप्रवेशी युवाहरुको समुहलाई युवा संघका पूर्व केन्द्रीय अध्यक्ष एबम गण्डकी प्रदेशका सांसद राजिब पहारीले स्वागत गरेका थिए । स्वागत गर्दै सांसद… पुरा पढौ

क.तुलसीलाल अमात्य र कम्युनिष्ट आन्दोलन (सन्दर्भ : २४ औं तुलसीलाल स्मृति दिवश)

तुलसीलाल अमात्य नेपालका प्रसिद्ध कम्युनिष्ट नेता हुनुहुन्छ । वहाँको जन्म सन् १९१६ मे महिनामा ललितपुरको क्वाँबहाल टोलमा भएको हो। वहाँको देहावसान आजैका दिन २४ बर्ष अगाडि भएको हो।उहाँ सन् १९३३ देखि राजनीतिमा सक्रिय रहनु भयो। वहाँ नेपाली क्रान्तिको अविश्रान्त नेता हुनुहुन्थ्यो । भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलो पटक ६ महिना जेल पर्नु भयो।२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता निर्वाचित हुनु भयो… पुरा पढौ

निर्वाचन आयोगको निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्चमा

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदातलमा रिट दायर गरेका छन् । अध्यक्ष ठाकुरले आज सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गरेको छ । उनले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारीको मागसमेत गरेका छन् । आयोगले यही साउन ११ गते जसपा… पुरा पढौ

अनावश्यक दुःख नदिन र खोप दिन अधिकृत विक्रेता संघको माग

पोखरा । अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघले प्रदेशका पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून,संचार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । अध्यक्ष मनोजकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग हुने गाडीहरुमा थपिएको छानोको कारण देखाउँदै ट्राफिक प्रहरीले गाडी रोक्ने तथा जरिवाना लगाउने काम तत्काल रोक्न माग गरिएको… पुरा पढौ

क्षत्री समाजद्वारा मन्त्री खड्का र थापालाई सम्मान

पोखरा । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ । समाजले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, कानुन सञ्चार तथा प्रदेशसभा मन्त्रीमा विन्दुकुमार थापालाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै मन्त्री खड्काले समाजको नेतृत्व लिदै राजनीतिमा लाग्दा आफूले सदैव समाजलाई उच्च स्थानमा राखेको बताए । जातीय सद्भाव कायम गराउन समाजले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकार सदैव… पुरा पढौ

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । बुधबारको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई एक दिनको समय प्रदान गरेको थियो । समितिले केही विवाद… पुरा पढौ

सराङकोटबाट एक सय २० बढी काँग्रेसमा प्रवेश

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गरेका हन् । नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ बहादुर गुरुङ र देवेन्द्र रानाभाटले उनीहरुलाई सदस्यता प्रदान गरी स्वागत गर्नुभएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘एमालेले भ्रम सृजना गर्न बाहेक केही गर्न सकेन, त्यसैले एमाले… पुरा पढौ

नेपाली कांग्रेस पोखरा–३२ को वडा सभापतिमा मोहनकुमार प्रधानको उम्मेदवारी

पोखरा । नेपाली काँग्रेसको १४ औं महाअधिवेशन अन्योलको स्थितिमा छ, तैपनि नेताहरुले नेतृत्वमा आउने आकांक्षा देखाइरहेका छन् । यसै सिलसिलामा पोखरा–३२ को वडा सभापतिमा मोहन कुमार प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । २०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा आएका प्रधानले २०४८मा कांग्रेसका संसदीय उमेदवारलाई अत्यधिक मतले बिजय गराउन आफुले सकृय भुमिका खेलेको भन्दै वडा सभापतिमा आफु सक्षम रहेको बताए ।२०६२ र ६३ जनआन्दोलनमा कांग्रेसको वडादेखि जिल्ला र केन्द्रसम्म जनआन्दोलनमा सहभागी भई आन्दोलनमा जेलनेल परेको र आफुले पाटीमा धेरै त्याग… पुरा पढौ

अर्थमन्त्री बराललाई हेमजावासीको आग्रह : “जनताको भावना अनुसार काम गर्नुस्”

पोखरा । पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई आग्रह गरेका छन् । विहिबार (आज) हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा मन्त्री बराललाई फुलमाला र खादाले बधाई ज्ञापन गर्दै हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल आफु प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकताको आधारमा र चुनावमा जनतासामु गरेका वाचा पुरा गर्न पहल गर्ने बताए । बहुमत हिस्सालाई बाम गठबन्दन… पुरा पढौ

प्रेस युनियनद्वारा मन्त्रीको बधाई

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको पनि उल्लेख गरे । नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिएका छन् । गण्डकीमा आमसंचार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझाव अनुसार अघि बढ्ने उनीहरुको प्रतिबद्धता छ । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले लोकतन्त्रको मूल्य मान्यताविपरीत गण्डकी सरकार अघि बढ्न नसक्ने बताए । संचारजगतकै… पुरा पढौ