राजनीति

जनताको समस्या बुझ्न पर्यटकीय ताङतिङ पुग्यो काँग्रेस

पोखरा । प्रमुख प्रतिपक्ष काँग्रेसले गाउँ पुग्ने अभियान थालेको छ । जनताको समस्या सुन्दै काँग्रेस पर्यटकीय गाउँ ताङतिङ पुगेको हो । नेपाली काँग्रेसकानेता एवंम पूर्व मन्त्री महादेव गुरुङ सहित पोखरा का पूर्व मेयर भोला थापा, कांग्रेस नेता एवं पूर्व प्रधानपंच देवीजंग गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेबिसंघ पुर्ब केन्द्रीय सदस्य सरोज केसी, नेबिसंघका नेता पशुपती भट्टराई , नेबिसंघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी,भोज बहादुर गुरुङ ,कांग्रेस युवा नेता सुजन पाण्डे ,राम गुरुङ,टेक… पुरा पढौ

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी  राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गरेकी छन् । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ । बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त्री भएका मुजिबरको १९७५ अगष्ट १५ मा हत्या गरिएको थियो । राष्ट्रपति भण्डारीले त्यहाँस्थित बङ्गबन्धुका शालिकमा श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै सङ्ग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गरेकी थिइन्। उनले  संग्राहलयको आगन्तुक पुस्तिकामा… पुरा पढौ

राष्ट्रपतिको बङ्गलादेश भ्रमणको तयारी पूरा

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नेछन् । उनी स्थानीय समयअनुसार… पुरा पढौ

गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताउनुभयो । पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ । आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उनले बताए । मन्त्री गुरुङले भने, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ… पुरा पढौ

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाण्डौं । नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए । उनले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिए । यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै… पुरा पढौ

‘बिपी र जिपीलाई मान्ने तर समाजवादी धार नअंगाल्ने कांग्रेसले श्रमिकलाई स्थान दिदैन’

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले नेपाली श्रमिकको सामान्य अवस्थासमेत सुध्रन नसक्नु देशको लागि दुर्भाग्य भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा ट्रेड युनियन नेता यादवले बीपीको नाम जप्ने, गिरिजाप्रसादको फोटो झुन्ड्याउने तर समाजवादको धार अंगाल्न नसक्ने कांग्रेस पार्टीले श्रमिकलाई स्थान दिनै नसक्ने बताए । उनले भने, ‘हामी कांग्रेससँग नजिकमात्र हो, पार्टीसँग हाम्रो सधै चेतावनीमा चलेको छ ।’ यादवले थपे, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लक्ष्मण… पुरा पढौ

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख सापकोटा

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित भएको बताएका छन् । जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज चाबहिलमा सम्बोधन गर्दै उनले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताए । “विसं २०६२÷२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत… पुरा पढौ

नेपाल महिला संघ वडा ईकाइ बैदामद्धारा सम्मान

नेपाल महिला संघ वडा एकाइ वडा नम्बर ६ बैदामले नेपाली कांग्रेसको जेष्ठ राजनीतिक सभा सदस्यमा मनोनित भएका पोखरा ६ बैदाम निवासी होमबहादुर लामिछानेसहित जिपी कोइराला फाउन्डेसन फर डेमोक्रेशी पिस एन्ड डेभलपमेन्ट क्षेत्रिय समिति क्षेत्र नं ३ कास्कीको क्षेत्रीय सदस्यमा मनोनित हरिशचन्द्र पहारीलाई सम्मान गरेको छ । महिला संघले शुक्रबार एक कार्यक्रम गरेर लामिछाने र पहारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।प्रजातन्त्रका सेनानी समेत रहेका सम्माननित लामिछानेले पोखरा महानगर पालिका वडा न.६को वडा अध्यक्ष पदमा तीन पटकसम्म निर्वाचित भई वडामा… पुरा पढौ

अयोग्य प्रधानमन्त्री चरम अहंकारी : गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अयोग्य प्रधानमन्त्री केपी शर्मा ओली चरम अहंकारी भएको आरोप लगाएका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको शनिबार पोखरामा भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अयोग्य प्रधानमन्त्रीले उल्टो अहंकार र दम्भ प्रदर्शन गरेको बताएका हुन् । ५ वर्षको म्याण्डेट पाएरपनि सरकार चलाउन नसकेकोमा प्रधानमन्त्रीमा रत्तिभर ग्लानी नरहेको बताउँदै उनले भने,‘जिम्मेवारी उहाँले सहि ढंगले निर्वाह गर्न सक्नु भएन… पुरा पढौ

प्रतिनिधिसभा बैठक बस्दै, २ आयोगको वार्षिक प्रतिवेदन पेस गरिदैं

प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको कार्यसूचीमा जनाएको छ। कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार… पुरा पढौ