राजनीति

नेपाली काङ्ग्रेसको वडा– २२ पनि विरोध सभा

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वमा रहेकोे कम्युनिष्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काङ्ग्रेस वडा नम्बर २२ पुम्दी–भुम्दी ईकाई समितिले बिहिवार विरोधसभा गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता खेमराज पौडेलले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको बताए । यस्तै कार्यक्रममा प्रदेश ३ ख का सभापति प्रकाश बरालले प्रतिगामी कदम नसच्चिए आन्दोलनका सबै उपलब्धि समाप्त हुने बताए । सोही कार्यक्रममा तरुण नेता खुसिराम बराल,विद्यार्थी नेता शिव बराल, प्राध्यापक भिमनाथ… पुरा पढौ

हेमजामा काँग्रेसको विरोध प्रदर्शन

पोखरा । कम्युनिष्ट सरकारले सर्वासत्तावादी प्रवृति देखाएको भन्दै नेपाली काँग्रेस पोखरा–२५, हेमजाको आयोजनामा बिहीवार विरोध प्रदर्शन गरिएको छ । कार्यक्रममा भनाई राख्दै काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सांसद् कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मार्फत सर्वासत्तावादी प्रवृति देखाएको आरोप लगाउँदै सो कदम असंवैधानिक रहेको बताए ।उनले नेकपा जुनसकै आवरणमा भएपनि लोकतान्तिक पार्टी हुन नसक्ने औँल्याउँदै वर्तमान् कम्युनिष्ट सरकारले जनतामाँझ थुपै सपना बाढेको तर हालसम्म कुनै पनि सपना पुरा गर्न नसकेको दावी गरे। नेता खड्काले प्रधानमन्त्रीको कार्यशैली… पुरा पढौ

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो । “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न… पुरा पढौ

संसद विघटनविरुद्ध आज देशभरीका ६७४३ वटै वडामा काँग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज (बिहीबार) देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ। असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कँंग्रेसले जनाएको छ। काँग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ। अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता… पुरा पढौ

प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड–माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मध्यनेपाल नगर कमिटिद्वारा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उनले पार्टीको अन्तरिम विधानमा सहमतिका साथ अघि बढ्ने भने पनि बहुमतका नाममा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर मुलुकमा सरकारविहीन बनाउँदै अराजकतातर्फ धकेल्ने खेल खेलेपछि प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प नभएको… पुरा पढौ

संसद विघटनविरुद्धको रिटमाथि आज पनि बहस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज (बुधबार) पनि बहस हुनेछ। हिजो (मंगलबार) वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै गर्नेछन्। हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे। रिट निवेदकहरुका तर्फबाट हिजो ५ जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याए। पुरा पढौ

नेपाली काँग्रेस पोखरा–२७ ले डाँडाको नाकमा विरोध प्रर्दशन गर्ने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनको विरुद्ध नेपाली काँग्रेस पोखरा–२७ को वडा कमिटिले आगामी माघ ८ गते विरोध प्रर्दशन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ स्थानीय तहका वडाहरुमा तय भएको विरोध प्रर्दशन कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिकाको वडा नं. २७ स्थित डाँडाको नाकमा विरोध प्रर्दशन गरिने भएको हो । संविधानमा भएको व्यवस्था प्रतिकुल जनभावना बिपरितको कार्य विरुद्ध नेपाली काँग्रेस एक… पुरा पढौ

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई… पुरा पढौ

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको धारणा राख्नुभयो । पौडेलले सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा… पुरा पढौ

संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

सोलुखुम्बु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज सोलुखुम्बुको सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालिएको बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी… पुरा पढौ