पोखरा–२४, श्री कालिका माविका शिक्षक विष्णुहरि त्रिपाठी नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिको अध्यक्षमा निर्वाचित भएका छन्। समितिको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले समितिको नेतृत्वमा त्रिपाठीलाई चयन गरेको हो। समितिको उपाध्यक्ष महिलातर्फ देवी केसी (तालवाराही मावि, पोखरा–६), उपाध्यक्ष खुल्लातर्फ विजय शर्मा (भाारतीभवन मावि, पोखरा–१९), सचिव यामनारायण लामिछाने (सिद्ध मावि, पोखरा–१५), कोषाध्यक्ष सकुन्तला सोती (श्रीकृष्ण मावि, पोखरा–७), सह–सचिव सरिता ढकाल (अमरज्योति गाउँफर्क मावि, पोखरा–२६), सह–कोषाध्यक्ष भगवती अर्याल (अमरसिद्ध नमुना मावि, पोखरा–३१) छन्। त्यसैगरी, सदस्यहरुमा हरिभक्त घिमिरे (विन्दवासिनी मावि, पोखरा–२), दुर्गा…
पुरा पढौ