समाज

शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड

लेखनाथ/कार्तिक २३गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् ।त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे ।निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे ।  उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना आइटीका विद्यार्थी… पुरा पढौ

सेती पुल निर्माण : क्षेतीपूर्ती विवादले पुल निर्माणको रफ्तारमा ब्रेक

सन्देश श्रेष्ठपोखरा, कात्तिक २३ पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणका लागि दिइएको म्याद गुज्रिएको छ । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माणका लागि ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल भदौ २६ गते सम्झौता भए पनि पुल निर्माणको आधा काम बाँकी छँदै सम्झौताको म्याद भने गुज्रिएको हो । पुरानो पोखरा अर्थात कोर पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा हाल भएको पुलको माथि र तल पट्टी गरेर थप दुई वटा पुल… पुरा पढौ

नेलम्वो नेपालको सहयोगमा सहारा आविमा ३ दिने शिविर शुरु

पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निस्शुल्क दन्त तथा कानको शिविर शुरु भएको छ । विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा मपना वडा नं ९ को वडा कार्यालयको समन्वयमा ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले गरे उनले कक्षा ८ मा अध्ययनरत छात्रा शिलिषा परियारलाई ओ।पि।डी स्लिप प्रदान गरि कार्यक्रमको शुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख आचार्यले निस्शुल्क रुपमा दाँत… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले यस क्षेत्रका महत्वपुर्ण सम्पदाको पर्यटन प्रर्वद्धनमा भुमिका खेल्न पत्रकारलाई आग्रह गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा हेम्जाकोटमा आयोजित माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मीनबहादुर गुरुङले यस क्षेत्र पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुनासो गरे । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको बताउँदै, उनले विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको स्पष्ट पारे । त्यस्तै गाउँपालिका… पुरा पढौ

गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको अध्यक्षमा दोहोरिए मनोज

पोखरा, कात्तिक २३ गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको अध्यक्षमा मनोज रसाईली दोहोरिएका छन् । समितिको हालै सम्पन्न १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनले रसाईलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि साधारण सभा तथा अधिवेशनको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष (प्रथम) पूण्यप्रसाद पौडेल (सरोज)ले उद्घाटन गरेका थिए । उनले राज्यले यातायात व्यवसायीमैत्री ऐन संसोधन गर्न आनाकानी गरिरहेकाले सबैले मिलेर दवाब दिनुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघका अर्का बरिष्ठ उपाध्यक्ष (द्वितीय) तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी… पुरा पढौ

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लोपटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाए । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु… पुरा पढौ

फेवातालस्थित तालबाराही मन्दिरको पुननिर्माण अन्तिम चरणमा

पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुननिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले जानकारी दिए । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ । उनले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम… पुरा पढौ

निर्वाचनमार्फत निकास दिलाउने गृहमन्त्री अर्यालको दृढता

गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । गृहमन्त्री अर्यालले भन्नुभयो छ, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।” गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उनले भने, “कतिपय विषयमा के… पुरा पढौ

देशभरका वडामा एमालेको जनभेला

नेकपा एमालेले देशभरका स्थानिय तहका वडामा आज एकसाथ जनभेला गरेको छ । एमालेको केन्द्रिय कमिटीको निर्णय र जिल्ला एवं पालिकाको निर्देशन अनुसार शनिबार देशभरका वडामा जनभेला सम्पन्न गरेको एमालले जनाएको छ । कास्कीमा पनि पोखरा महानगरका ३२ वटा वडा सहित रुपा, मादी, माछापुच्छ्रे र अन्नपुर्णका अधिकांश वडामा जनभेला सम्पन्न भएको जिल्ला अध्यक्ष बैनबहादुर क्षत्री अधिकारीले जानकारी दिए । पोखरा १९ को वडा भेलामा बोल्दै एमालेका नेता जगत विश्वकर्माले बर्तमान सरकार संविधान भन्दा बाहिरबाट बनेको बताउँदै, सरकार विरुद्धको आवाजलाई सशक्त बनाउनुपर्नेमा… पुरा पढौ

पोखराका योगेन्द्रबहादुर बस्नेतलाई भलिबल पुरस्कार

स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ । भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखर १६ बाटुलेचौरले संचालन गरेको सो पुरस्कार यसवर्ष खेलाडी बस्नेतलाई प्रदान गर्न लागिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । बाटुलेचौर निवासी बस्नेत भलिबलका राष्ट्रिय खेलाडी हुन् ।प्रत्येक २ बर्षमा प्रदान गरिने पुरस्कार यसअघि सो पुरस्कारबाट भलिबलका राष्ट्रिय खेलाडी इम राना, लेखनाथ लम्साल र लक्ष्मी गुरुङ सम्मानित भईसकेका छन् । रामबहादुर बानियाँ संयोजक… पुरा पढौ