समाज

गण्डकीका मुख्यमन्त्री पाण्डे चुनावको पक्षमा, चुनाव सफल गराउन गरे अपिल

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ मा तोकिएको आम निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व भएको बताएका छन् । गण्डकी प्रदेशसभाको आजदेखि शुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने,‘फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो ।’ उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेश सभा सदस्यहरु, दलहरु, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे । गण्डकी प्रदेशका… पुरा पढौ

सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

पोखरा महानगरपालिका वडा नं. १५ अलकापुर टोल विकास संस्थाका अध्यक्ष तथा समाजसेवी व्यक्तित्व बेल बहादुर विश्वकर्माले श्री सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरे छन्। विश्वकर्माले आफ्नो स्वर्गीय बुवाको स्मृतिमा तथा परिवारको सु–स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै रु २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) को अक्षयकोष स्थापना गर्नुभएको छन् । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका अध्ययनरत यस विद्यालयमा अक्षयकोषमार्फत छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरी… पुरा पढौ

सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

पोखरा महानगरपालिका वडा नं. १५ अलकापुर टोल विकास संस्थाका अध्यक्ष तथा समाजसेवी व्यक्तित्व बेल बहादुर विश्वकर्माले श्री सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। विश्वकर्माले आफ्नो स्वर्गीय बुवाको स्मृतिमा तथा परिवारको सु–स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै रु २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) को अक्षयकोष स्थापना गर्नुभएको छन् । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका अध्ययनरत यस विद्यालयमा अक्षयकोषमार्फत छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरी… पुरा पढौ

प्रहरीको हतियार लुट्ने पोखराका १६ वर्षिय किशोर पक्राउ

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भ्रष्टाचारको अन्त्य, सुशासन कायम तथा सामाजिक सञ्जाल बन्दको विरोधमा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सोहि मौका पारेर प्रहरीको हतियार लुट्ने पोखरा–४ बस्ने एक किशोरलाई हतियारसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो । ती किशोरले वडा प्रहरी कार्यालय पोखरा–१ बगरको स्वामित्वमा रहेको चाईनिज पेस्तोल टाईप ५४ (म्गाग्जिन नभएको) लुटेर लगेका… पुरा पढौ

कांग्रेसमा विशेष महाधिवेशनको औचित्य छैन,चुनावमा सहभागी हुन्छः नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका हुन् । उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, “नियमित महाधिवेशन नजिक… पुरा पढौ

गण्डकी प्रदेश संग्रहालयमा मौलिक कोसेली घर बन्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् । पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश संग्रहालय हातामा निर्माण हुने मौलिक कोसेली घरको शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले सुशासन र पारदर्शिता कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।उनले कोशेली घरको निर्माण पछि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।“प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा… पुरा पढौ

निर्वाचन आयोगले गर्यो पूर्वपदाधिकारीसँग परामर्श

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उनीहरूसँग परामर्श गरेको हो ।जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा… पुरा पढौ

तनहुँको तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

डुम्रे बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे छ घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि आजदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे छ घण्टा बन्द हुन लागेको हो ।सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६ः३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि… पुरा पढौ

गृह र अध्यागमनको टोलीद्वारा कोरला नाका अवलोकन

गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो । गृह र अध्यागन विभागको टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र कोरलास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालबाट नाकाको विषयमा जानकारी लिएका थिए । टोलीले कोरला नाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी भवनको समेत निरीक्षण गरेको कार्यालय… पुरा पढौ

‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तिमिल्सीना रहेनन्

‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ । वि.सं. २००८ साल मंसीर १२ गते पोखरा १६ बाटुलेचौरमा जन्मिएका ७३ बर्षिय तिमिल्सीनाको गएराती आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट पिडित उनको सोमबार बिहान सेती नदीस्थित तुलसी घाटमा अन्तिम संस्कार गरिएको छ । नेकपा एमालेका सांगठनिक सदस्य समेत रहेका तिमिल्सीनाको पार्थिव शरिरमा एमालेका केन्द्रिय सदस्य कृष्ण थापा र कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । उनलाई छोरा पवन… पुरा पढौ