समाज

पहिराले कागबेनी–कोरला सडक ३ दिनदेखि अवरुद्ध

मुस्ताङको कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए । उनका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत… पुरा पढौ

बसले अटोरिक्सालाई ठक्कर दिँदा धनुषामा एकै परिवारका तीन सहित चारको मृत्यु

यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । रिक्सामा सवार अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा सोही नगरपालिका भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने… पुरा पढौ

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा… पुरा पढौ

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ । कोषमा औषधी… पुरा पढौ

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार

बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।… पुरा पढौ

एमालेले गर्यो पोखरामा मोटरसाइकल र्‍याली

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ । पोखरा सभागृहचोकबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई पुन अध्यक्ष बनाउने दाबी गरेका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुँदैछ । बस्नेतले नेतृत्व लिन चाहने नेतालाई होल्ड गर्न आग्रह गरे ।… पुरा पढौ

म्याग्दीमा हेलिकप्टरबाट महिलाको उद्धार

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर पुगेकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको छ । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ । रासस पुरा पढौ

गीतकार आर्जु विष्ट सम्मानित,प्रतिष्ठानको अध्यक्षमा अनुराग

शिशिर उजाडपोखरा गीतकार एवं संचारकर्मि आर्जु विष्ट ‘सल्यानी’ पोखरामा सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर शनिबार यस वर्षको गीतकार सम्मान प्रदान गरेको हो । कार्यक्रममा साहित्यकार सरुभक्त, विम्वकवि रमेश श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष शितल गिरी र कवि सरस्वती श्रेष्ठले नगद ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । ‘सागर’ र ‘झ्याम्म… पुरा पढौ

चन्दा उठाएर बागलुङको कैयामा गाउँघर क्लिनिक स्थापना

चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ । बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथैस्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उनले बताए । गाउँघर क्लिनिकलाई व्यवस्थित र… पुरा पढौ

जेनजी आन्दोलनले संविधानलाई झन् बलियो बनाउँछ ः रक्षा बम

नेपाल जेन–जी फ्रन्टका संयोजक रक्षा बमले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गरिने बताएकी छन् । बिभिन्न समुहका राजनीतिक एजेण्डालाई संस्थागत गरी एकताबद्ध हुनका लागि फ्रन्ट गठन भएको उनले स्पष्ट पारिन् ।काठमाण्डौंमा एक संचार माध्यमसँगको कुराकानीमा संयोजक बमले संविधानलाई कमजोर पार्न नभई झन् बलियो बनाउन जेनजी आन्दोलन भएको बताउँदै,आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदलाई न्याय दिने कुरा मुख्य प्राथमिकतामा रहने दाबी गरिन् । फ्रन्टको मुख्य काम आगामी फागुन २१ को निर्वाचनलाई निष्पक्ष बनाउने मै केन्द्रित रहने भन्दै, निर्वाचनमा सहभागिताका बिषयमा भने… पुरा पढौ