समाज

नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ । नियोगले नेपालको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal… पुरा पढौ

कास्कीका ५६ सहित ६४ जनामा कोरोना पुष्टि

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशमा कास्कीका ५६ जना सहित ६ जिल्लाका ६४ जना नयाँ कारोना संक्रमित थपिएका छन् । लाइफ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा गरिएको नमुना परिक्षणमा कास्की, बाग्लुङ, म्याग्दी, स्याङ्जा र पर्वतका गरि ६४ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । कास्कीमा थपिएका सबै ५६ जना संक्रमित पोखरा महानगरका हुन् । यस्तै तनहुँको शुक्लागण्डकी, ब्यास र पालीका नखुलेका एक सहित ४ जना, बाग्लुङको बाग्लुङ नगरपालिकाका, पर्वतको कुश्मा , स्याङ्जा र म्याग्दीका एक–एक जनामा कोरोना संक्रमण… पुरा पढौ

धानुकको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक मदन मण्डल को निधनप्रति दुःख व्यक्त गरेका छन् । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंँ ल्याइँदै गर्दा बाटामै निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् । धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उनको निधनबाट एक होनहार… पुरा पढौ

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो । चालु आवमा तीे कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को… पुरा पढौ

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताए । राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जनाए । सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो… पुरा पढौ

किताब नहेरी शैक्षिक सत्र सकिँदै

चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम शर्माको । सोह्र शिक्षक कर्मचारीको नेतृत्व गदै उहाँ विसं २०६१ देखि अहिलेसम्म सो ठाउँमा कार्यरत छन । पर्वतमा घर भएका शर्मालाई कत्ति समस्या आए, कति सजिलो भयो विकटमा पढाउँदा त्यसको कुनै हिसाबकिताब नै छैन… पुरा पढौ

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । पचास वाट क्षमताको सोलार सेट वितरण गरिएको हो । वडा नं ६ मराङका २५ र वडा नं ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५… पुरा पढौ

कोभिडबाट कास्की र नवलपुरका थप ३ जनाको मृत्यु

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका दुई जिल्लाका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।संक्रमणका कारण नवलपरासी वर्दघाट सुस्ता पुर्वका २ जना र कास्कीका एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । निर्देशनालयका अनुसार नवलपुरमा होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती–६, का ६७ वर्षीय पुरुष र सोही जिल्लाको गैडाकोट–२ की ७७ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४७… पुरा पढौ

कास्कीमा मात्रै एक सय भन्दा बढी कोरोना संक्रमित थपिए

कास्कीमा मात्रै आइतबार एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको छुट्टाछुट्टै पाँचवटा प्रेस विज्ञप्तिमार्फत कास्कीको एक सय एक जनामा कोरोना पुष्टि भएको जनाएको हो । स्वास्थ्य निर्देशनलायले आइतबार बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा ६ जना, सवा ७ बजेको विज्ञप्तिमा ३१ जना, साढे सात बजेको विज्ञप्तिमा २९ जना र पौने ८ बजेको विज्ञप्तिमा १४ जना र ८ बजेको विज्ञप्तिमा १ जनामा कोरोना पुष्टि भएको उल्लेख गरेको छ । पुरा पढौ

तनहुँमा कौडा खेल्ने १६ जुवाडेहरु पक्राउ

तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना जुवाडेहरु पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शंकर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले जुवा खालबाट ४८… पुरा पढौ