समाज

मासबार आमा समुहको स्मारिका विमोचन

कार्तिक १५ पोखरा । पोखराको मासबार आमा समुहले स्थापनाको २५ वर्ष पुरा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा समुहले प्रकाशित गरेको स्मारिकाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले एक कार्यक्रमका विच विमोचन गरेका छन् । स्मारिकाको विमोचन गर्दै मेयर जिसीले आमा समुह मार्फत् महिला सशत्तीकरण गरिरहेका आमाहरु अव आर्थिक सशत्तीकरणका क्षेत्रमा पनि लाग्न अवश्यक भएको बताए ।उनले समुहको विकृति विसंगति नियन्त्रणदेखि लिएर विकास निमार्णका कार्यमा प्रसंसनिय भूमिका रहेको भन्दै समाजकोे सौन्र्दयीकरणमा लाग्न आग्रह गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा… पुरा पढौ

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रोक्न र मानार्थ महारथिको दर्जा नदिन मोर्चाको आग्रह

संयुक्त देशभक्त मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न सरकारसँग माग गरेको छ । मोर्चाका तर्फबाट प्रवक्ता रामबहादुर पौडेलले शनिबार प्रेस वक्तव्य निकाल्दै कालापानीबारे विवादित अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण रोक्न माग गरेका हुन् । कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको ईशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको उल्लेख गर्दै मोर्चाले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन माग गरेको छ । मोर्चाले विवादकाबीच नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेको स्पष्ट… पुरा पढौ

सराङकोट खानेपानी आयोजना शुभारम्भ

पोखरा महानगरपालिका १८, २ र १ नं. वडाका दुई हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी सराङकोट खानेपानी आयोजनाको काम शनिवारदेखि शुभारम्भ गरिएको छ। जसअन्र्तगत मुख्य पाइप लाइन तथा वितरण पाइप लाइन विस्तार र कुल ७५ हजार लिटर क्षमताको ट्याङकी निर्माणको काम कृपा कम्स्ट्रक्सन चितवन तथा कुल ५ लाख लिटर क्षमताको ठुलो ट्याक्की निर्माणको जिम्मा पोखरा स्थित पराजुली सावित्री नौघरे जेभिलाई दिइएको छ । दुवै कम्पनीलाई गरी कुल रु.३ करोड ११ लाख २३ हजार ४ सय ७९ मा ठेक्का दिइएको हो।… पुरा पढौ

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिए । जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ । चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको… पुरा पढौ

व्यासमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए । हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको… पुरा पढौ

चुरोट सल्काउन खोज्दा घर जलेर खरानी, ४ घाईते

पोखराको पुरुञ्चौरमा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ भने ४ जना जलेर घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० पुरुञ्चौरमा आगलागि हुँदा सीता गौतमको १ तले टिनको छानो भएको घर जलेर नष्ट भएको हो । सोहि घरमा भाडामा बसने गोरखा घर भएका शेरबहादुर गुरुङले चुरोट सल्काउने क्रममा आगलागि भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ग्यास लिक भएको अवस्थामा चुरोट सल्काउन खोज्दा आगलागि भएको प्रहरीले बताएको छ । आगलागिमा परेर ४ जना घाईते भएका छन्… पुरा पढौ

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९३७ पुग्यो

कार्तिक १५ पोखरा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको ज्यान गुमेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संक्रमितको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म बाग्मती प्रदेशमा कोरोनाबाट सबैभन्दा धेरै ४५९ जनाले ज्यान गुमाएका छन् । यस्तै प्रदेश २ मा १५७, लुम्बीनी प्रदेशमा १२७, प्रदेश १ मा ११६, गण्डकी प्रदेशमा ७६, सुदुरपश्चिम प्रदेशमा १७ र कर्णाली प्रदेशमा ११ जना छन् । पुरा पढौ

‘कोराना संक्रमित हुनु अपराध होइन, सकारात्मक धारणाको विकास गरौं’

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) हाम्रो परिवारमा पनि थाहा नै नदिई प्रवेश गर्यो । स्वास्थ्य सतर्कताको बारेमा सचेत रहेर सतर्कता अप्नाउँदा अप्नाउँदै पनि कहाँ नेर के गल्ति हुन पुग्यो ठम्याउनै गाह्रो भो । त्यसो त कतिपय राजनीतिक जिम्मेवारीका हिसाबले बैठकहरुमा उपस्थिती हुनै पर्ने अवस्था आउँछ । कोभिड–१९ रोकथामका कतिपय कुराहरु ध्यान दिदा दिदैपनि कुन समय कसरी कोरोना भाइरस शरीरमा छिर्यो पत्तै भएन । म गत असोज २८ गतेको दिन विहानैदेखी कार्यक्रमहरुमा जानु पर्ने भएकाले घरमै हल्का शारीरिक… पुरा पढौ

पोखरामा आगलागी हुँदा एकै परिवारका ४ जना घाइते

कार्तिक १५ पोखरा । पोखरामा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१९ पुरन्चौरमा डेरा गरि बस्ने गोरखा स्थायी घर भएका शेर बहादुर गुरुङले चुरोट सल्काउने क्रममा ग्यास लिक भइरेका कारण आगलागी हुँदा गुरुङ सहित उनकी श्रीमति र दुई छोरा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रहरीद्वारा प्रेसित विज्ञप्तीमा जनाइएको छ । सो घटनामा ५४ वर्षिय गुरुङ र उनकी ४५… पुरा पढौ

एक हजार घर स्थानान्तरण गर्न सिफारिस

पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पहिराले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुनःनिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए । पालिकाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारी र जिल्ला प्रहरी… पुरा पढौ