समाज

एक महिना भित्रै सगरमाथाको नयाँ उचाई घोषणा

कार्तिक १५ पोखरा । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ छिट्टै घोषणा गर्ने सरकारले तयारी थालेको छ ।एक महिना भित्रमा नै सगरमाथाको उचाइ घोषणाको तयारी भइरहेको नापी विभागले जनाएको छ ।सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम भैसकेको विभागले जनाएको छ ।मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भैरहेको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ… पुरा पढौ

पोखरा ९ की ६२ वर्षिया महिलाको कोरोनाले मृत्यू

पोखरामा शनिबार एक जना कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षिया महिलाको कोरोनाका कारण मृत्यू भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यू हुनेको संख्या ७६ पुगेको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएकी ती महिलाको शनिबार विहान ८ बजे मृत्यू भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेह र निमोनियाको समस्यापनि रहेको अस्पतालले बताएको… पुरा पढौ

राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा छन् ।स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित हुनथ्ये । महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी… पुरा पढौ

सेरावासी टर्कीपालनतर्फ

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी दिए । स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गरेका थिय । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने… पुरा पढौ

आगन्तुक तान्दै मूर्तिकला सङ्ग्रहालय

दशैँ मनाउन बुटवलदेखि गलकोट आएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोजिन । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि झण्डै दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए । निर्माणाधीन मूर्तिकला सङ्ग्रहालय अवलोकन गरे । दिनभरजसो त्यतै भुले । यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो÷भिडियो हेर्दा परियारलाई त्यहाँ कहिले पुगौँ जस्तो भइरहेको थियो । दशैँ बिदामा उहाँको धोको पुरा भएरै छाड्यो । “यहाँकोबारेमा फेसबुकबाट थाहा पाएकी थिएँ, साथीहरुले पनि भनिरहन्थे”,… पुरा पढौ

दुर्घटनामा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ । रासस पुरा पढौ

नेवारहरुको सोह्र लक्ष्मी पूजा

आखिर धन के हो ? यसको मापन कसरी गर्ने कसरी को कति सम्पन्न भनेर मापन गर्ने । कुनै बेला धनको रुपमा कागजी नोट तथा सिक्काको प्रचलन थिएन । तर त्यो समय कुनै वस्तुलाई सतहीको माध्यम बनाउँथे । त्यो वस्तुको संग्रह सकेसम्म धेरै गर्दथे । आज पनि हामी त्यहि नै गर्दैछौ । वास्तवमा पैसा भनेको सम्पति होइन तर यो सतहीको माध्यम हो । तपाइसंग भएको पैसा बोकेर बजारबाट तपाइलाई आबश्यक कुरा सतही गरेर ल्याउनु हुन्छ । त्यसैले अमेरिकीहरु कागजी नोटलाई बिल… पुरा पढौ

पर्यटकीय गाउँ ल्वाङमा पर्यटकलाई नै प्रवेश निशेध

पर्यटकीय गाउँ ल्वाङमा बाहिरकालाई प्रवेश निशेध गरिएको छ । कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ मा पर्ने पर्यटकीय ल्वाङ गाउँमा बाहिरबाट जानेलाई प्रवेश निशेध गरिएको हो । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड(१९) को संक्रमण फैलिइरहेको र बढ्दो जोखिम न्यूनिकरणका लागि यस्तो निर्णय गर्न बाध्य भएको ल्वाङ टोल विकास संस्थाका अध्यक्ष सेते गुरुङले जनाएका छन् । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ भनिरहँदा ल्वाङका स्थानियले भने तिहारसम्म ल्वाङमा प्रवेश निशेध भनेर ब्यानर नै टाँगेका छन् । उनीहरुले… पुरा पढौ

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् । “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत… पुरा पढौ

सडक बालबालिकासँगै चिल्ड्रेन–नेपालको दशैं

अन्नपूर्ण गाँउपालिका –१ लेवाडेस्थित चिल्ड्रेन–नेपालको फूलबारी स्रोत केन्द्रमा राखिएका सडक बालबालिकाहरुसँगै संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले टीका र जमरा लगाई दशैं मनाएका छन्। २०७६ चैतमा बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अगुवाईमा पोखराका सडकबाट बालबालिकाहरुको उद्धार गरि केन्द्रमा राखिएको थियो। सडक संस्कृतिबाट पारिबारिक र सामाजिक सुसंस्कृत रुपले रुपान्तरित हुदैँ गएका सडक बालबालिकाहरुलाई टिका र जमरा लगाउदै संस्थाका संस्थापक अध्यक्ष एबं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्ब बिजया… पुरा पढौ