समाज

कीर्तिपुरमा पार्किङ गरेको अवस्थामा कार जल्दा एक जनाको मृत्यु

काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । बा ५ च ३०३८ नम्बरको सेतो कार खाली जग्गामा पार्किङ गरेको अवस्थामा जलेको हो । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । आगलागी भएको… पुरा पढौ

पोखरामा हरित विद्यालयसम्बन्धी प्रशिक्षण सम्पन्न

प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जना सहभागी रहेका थिए । उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। तालिममा नेपाल सरकार… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९… पुरा पढौ

खरानीबाट उठेर उच्च अदालत पोखराले दियो अब्बल न्याय

पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार, शुसासन र राजनीतिक पुस्तान्तरणको माग गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका सरकारी कार्यालय जल्दा अदालत पनि जले । त्यस क्रममा उच्च अदालत पोखरा पनि बाँकी रहेन । आक्रोषित भीडले उच्च अदालत पोखरामा आक्रमण गर्दा त्यहाँ रहेका १२ कोठे दुईतले भवन मात्र जलेन, हजारौंको संख्यामा रहेका मिसिल खरानी बन्यो । जेनजी आन्दोलनले अदालतका संरचना जलेर खरानी भयो, तर जनतामा अदालतप्रतिको आस्था र विश्वास भने… पुरा पढौ

बिम्ब कवि रमेश श्रेष्ठलाई, हेमजा साहित्य राष्ट्रिय पुरस्कार

हेमजा साहित्य प्रतिष्ठानले प्रदान गर्ने राष्ट्रिय पुरस्कारबाट बिम्ब कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले पहिलो पटक सो पुरस्कार प्रदान गर्न लागेको बताईएको छ । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले गरेको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको हो । समितिले पुरस्कारका लागि बिम्ब कवि श्रेष्ठको नाम सिफरिस गरेको थियो । बिम्बकविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् । लोकनृत्य, गाईजात्रा, बाघजात्रा भैरवनृत्य संरक्षणमा चार… पुरा पढौ

लेखनाथ जन्मस्थल संरक्षण तथा विकास समितिमा गोपीराजको नेतृत्व

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णमणि लामिछाने,सचिवमा शिबमोहन अधिकारी,सहसचिवमा दिपेन्द्र शर्मा,कोषाध्यक्षमा विमला पहारी रहेका छन् ।यसैगरी सदस्यहरुमा राजेन्द्रबहादुर जि सी,तिलबहादुर भुजेल,मित्रलाल तिमिल्सेना,शिबराज तिमिल्सेना,गोपालमणि लामिछाने र ऋषिकेश बराल रहेका छन् ।लेखा संयोजकमा घनश्याम लामिछाने चयन भए ।साधारणसभाको पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गर्दै आफूहरु निर्वाचित भएपछि लेखनाथ जन्मस्थल विकासका लागि सक्दो काम… पुरा पढौ

साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भिड

यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाण्डौंको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पनि बिहानै देखि दर्शनार्थीको घुइँचो लाग्यो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनको व्यवस्था मिलाइएको थियो । मन्दिरका चारवटै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । बिहानबाट सुरु भएको बिशेष पुजा मध्यान्ह १२ बजेसम्म चलेको कोषका सदस्यसचिव श्रेष्ठले जानकारी दिए । दर्शनार्थीहरु लामबद्ध भएर पशुपतिनाथ मन्दिरको पूजा… पुरा पढौ

च्याउ खोज्न शुक्लाफाँटा निकुञ्ज गएका १४ जना सम्पर्कविहीन

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ जना सम्पर्कविहिन भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले १७ जनामध्ये तीन जनालाई सकुशल फेला पारेको छ । टोलीले आज बिहान निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार बेल्डाडीका तीनै… पुरा पढौ

युवा संघ गण्डकी : सदस्यता अभियानदेखि सरकारविरुद्ध आन्दोलनको तयारीसम्म

पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिले संगठन विस्तारलाई तीव्र बनाउने, सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने तथा समसामयिक राजनीतिक विषयमा सरकारविरुद्ध जनजागरण कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा सम्पन्न प्रदेश समितिको पहिलो पूर्ण बैठकले जिल्ला, पालिका र वडा तहसम्म संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी तीन महिनाको कार्ययोजना पारित गरेको हो। बैठकले अनुकूल जिल्लामा साउन महिनाभित्र युवा भेला सम्पन्न गर्ने, पालिका र वडा तहका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला… पुरा पढौ

सेतीको पहिरोले तत्काललाई छैन जोखिम

पोखरा, साउन ३ पोखराको रातो पैह्रोमा आएको पहिरोले तत्काल जोखिम नभएको निश्कर्ष निकालिएको छ । विज्ञसहित पोखरा महानगर, प्रशासन र प्रहरीसहितको टोलीले सेतीको पहिरोले तत्काल जोखिम नहुने निश्कर्ष निकालेको हो । पोखरा–१७ र १५ को सिमानामा पर्ने सिताराम पुलसँगै जोडिएको मितेरी पुलभन्दा करीब ३५–४० मिटर तल्लोपट्टी सेतीनदी थुनिएको छ । करीब ३ महिनाअघि पहिरो खसेकै ठाउँमा शुक्रबार पनि पहिरो खसेपछि नदी थुनिएको हो । अविरल वर्षापछि खसेको चट्टानसहितको माटोले नदी थुनिएपछि करीब ५०–६० मिटर अग्लो झरना बनेर नदी बगिरहेको छ… पुरा पढौ