समाज

गण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्रे, २४ वटा पुल, ९ वटा झोलुङ्गे पुल निर्माण

सन्देश श्रेष्ठपोखरा, साउन ७ गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा ८६ किलोमिटर सडकमा कालोपत्रे सडक निर्माण गरेको छ । गण्डकी सरकारले गण्डकीका ११ जिल्लामा आर्थिक वर्ष २०८२÷८३ मा ८६ किलोमिटर सडकमा कालोपत्रे गरेको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले विहीबार पोखरामा आयोजना गरेको समीक्षा गोष्ठीमा जानकारी गराएको हो । गण्डकीमा गत आर्थिक वर्षमा कास्कीमा सबैभन्दा धेरै २७ किलोमिटर सडक निर्माण भएको छ भने गोरखामा कत्ति पनि सडक कालोपत्रे नगरेको पाइएको छ । आर्थिक वर्ष २०८२÷८३ मा कत्ति पनि सडक कालोपत्रे… पुरा पढौ

कुमुदिनी होम्समा नेदरल्याण्ड्सका विद्यार्थीलाई स्वागत

पोखराकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले नेदरल्याण्ड्सबाट आएका विद्यार्थीहरूलाई स्वागतसहित सम्मान गरेको छ । विद्यालयको अवलोकन भ्रमणमा नेदरल्याण्ड्सबाट आएका कक्षा ११ र १२ का ९ जना विद्यार्थीलाई विद्यालयले बिहीबार एक कार्यक्रमका बिच स्वागत गरेको हो । भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि, नेपाली संस्कृति तथा पर्यटनका विषयमा विशेष चासो व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ‘सीआईओएस नेदरल्याण्ड्स’का नृत्य शिक्षक मारियल इगेन, जील भुट्ससहित विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले नेदरल्याण्ड्सको… पुरा पढौ

पोखरामा गाडीको ठक्करबाट युवकको मृत्यु

पोखरामा हायस गाडीको ठक्करबाट एक युवाको ज्यान गएको छ । पोखरा १५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायस गाडीले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति १९ वर्षीय एक युवकको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा १५, टुटुङ्गाका सौगात भन्ने लोकबहादुर गुरूङको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनलाई राती नै नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । दुर्घटनामा परि घाइते भएका… पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाईकल नियन्त्रणमा

कास्की प्रहरीले अप्रेशन ३६५ अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत चर्को आवाज निकाल्ने र स्वरुप परिवर्तन गरी चलाएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । गएराती पोखराका बिभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा सवारी साधन नियन्त्रणमा लिई कारवार्ही प्रक्रिया अगाडी बढाईएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानले जानकारी दिए । गएराती वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, ड्यामसाईड, बिरौटा, छोरेपाटन क्षेत्रबाट ११ वटा… पुरा पढौ

विवाहको उमेर २० देखि १८ वर्षमा झार्न सरोकारवालाको सुझाव

पोखरा, साउन ६ विवाहको उमेर १८ वर्षमा झार्न पोखरेलीहरुले सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशले गल्स नट ब्राइड्स (बालिका दुलही होइनन्)को सहकार्यमा बुधबार पोखरामा आयोजना गरेको ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझको प्रादेशिक परामर्श’ कार्यक्रममा सहभागीहरुले अन्र्तराष्ट्रिय कानून अनुसार नै नेपालमा पनि १८ वर्ष पुगेपछि विवाह गर्न पाउने कानूनी प्रावधान राख्न सुझाव दिएका हुन् । कार्यक्रममा  ६वटा फरक÷फरक समूह बनाएर समूहगत छलफल गराईनुका साथै प्रत्येक समूहबाट सुझाव मागिएको थियो । नागरिक समाज, राजनीतिक दल,… पुरा पढौ

सिद्धार्थ क्लवले मानव सेवा आश्रममा मनायो बार्षिकोत्सव

सिद्धार्थ क्लव, पोखराले मानव सेवा आश्रममा पुगी आफ्नो ४२ औं बार्षिकोत्सव मनाएको छ । मानविय सेवामा सर्मपित क्लवले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले क्लवले मानव सेवा आश्रम छोरेपाटन र हेम्जालाई गर्दै आइरहेको आर्थिक एवं भौतिक सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको विश्वास गर्दै आगामी दिनमा पनि… पुरा पढौ

सेनाको हेलिकप्टरबाट बागलुङकी गर्भवतीको उद्धार

रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि बागलुङ निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएको छ । मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए । “स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँको परोपकार… पुरा पढौ

सामाजिक कार्य गरेर होटल मजेस्टिक लेक फ्रन्टले मनायो तेस्रो वार्षिकोत्सव

पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा होटलले सोमबार रक्तदान कार्यक्रम आयोजना गरी २५ युनिट रगत सङ्कलन गरेको छ भने मंगलबार छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित ९१ जना आमाहरूलाई बिहानको एक छाक भोजन दान गरेको छ।होटलका अपरेसन म्यानेजर कृष्णकुमार पौडेलका अनुसार वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान र भोजन दान कार्यक्रम आयोजना गरिएको हो। होटलले अघिल्लो वर्ष दोस्रो वार्षिकोत्सवका अवसरमा पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमका आश्रित बुबाहरूलाई एक छाक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनहुँदै आएको निःशुल्क सटल बस सशुल्कमा परिणत

पोखरा, साउन ५ पर्यटकको सहजताका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको निःशुल्क सटल बस सेवा बन्द भएको छ । पोखरा महानगरपालिकाले नेपाली नया वर्षको अवसरमा गत वैशाख १ गतेदेखि हवाई यात्रुको सहजताका लागि सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा ३ महिनामै असार मसान्तबाट बन्द भएको हो । निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सञ्चालनमा ल्याएको छ । तर यो सेवा पनि लामो समय जाने नजाने अनिश्चित देखिएको छ । पोखरा… पुरा पढौ

कीर्तिपुरमा पार्किङ गरेको अवस्थामा कार जल्दा एक जनाको मृत्यु

काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । बा ५ च ३०३८ नम्बरको सेतो कार खाली जग्गामा पार्किङ गरेको अवस्थामा जलेको हो । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । आगलागी भएको… पुरा पढौ