समाज

पोखरामा व्यवसायीलाई धम्क्याउने २ जना पक्राउ

पोखराका पर्यटन व्यवसायीलाई धम्काएर रकम माग गर्ने २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । विगत १ महिनादेखी पृथ्वीचोक, लेकसाईड लगायतका क्षेत्रमा व्यवसाय संचालन गर्दै आएका पर्यटन व्यवसायीलाई ह्वाट्स एप नम्बर मार्फत त्रसित गराई रकम माग गर्ने धनकुटा घर भई पोखराको लेकसाईडमा बस्दै आएका प्रेम थापा र सुनसरीको ईटहरी घर भई हाल लेकसाईड मै बस्ने पकंज खड्का शुक्रबार दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खट्टिएको संयुक्त प्रहरी… पुरा पढौ

भोटेकोशी बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको प्रवक्ता शान्ति महतले बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि नेपाल जेसीजको १० लाख सहयोग

भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि जेसीजले “एक सदस्य, एक सय अभियान–२०२६” नै संचालन गरी संकलन गरेको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद् प्रभावित नागरिकको साथमा सर्दव उभिने प्रतिबद्धता व्यक्त गर्दै सो संस्थाले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गरेको पनि स्पष्ट पारेको छ । कोषमा रकम जम्मा गरेपछि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले विपद्को यस कठिन… पुरा पढौ

भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेकी छन् ।त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा जी एण्ड के एजुकेशन कन्सलटेन्टको १ लाख ११ हजार रुपैंया सहयोग

देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सलटेन्टले आर्थिक सहयोग गरेको छ। कम्पनीले हालैको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा र तल्लो तटीय क्षेत्रका समुदायका लागि रु. १ लाख ११ हजार १११ सहयोग गरेको संचालक राजन पन्थीले जानकारी गराएका छन् । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्का कारण समस्यामा परेका परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल राहतस्वरूप उक्त… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले २ लाख १६ हजार सहयोग गर्ने

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १६ हजार १ सय १० रुपैयाँ सहयोग गर्ने भएको छ।प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको तर्फबाट १ लाख रुपैयाँ र प्राज्ञहरूबाट १ लाख १६ हजार १ सय १० रुपैयाँ संकलन गरी कोषमा जम्मा गर्ने निर्णय भएको हो।‘विपद्को यो समयमा प्रभावित नागरिकको उद्धार र राहतका लागि आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेका हौं,’ सदस्य… पुरा पढौ

रसुवा घुम्न गएका परिवारका सदस्य सम्पर्कविहीन भएपछि पोखरेली आफन्त चिन्तित, अझै सुखद खबर आउने आस बाँकी

पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक सम्पर्कविहीन छन्। आफन्तको अवस्थाबारे यकिन जानकारी नआएपछि पोखरामा रहेका परिवारजन चिन्तामा छन्। कतिबेला सुखद् खबर आउने हो भन्ने आशामा उनीहरू पर्खिबसेका छन्।पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियर हुन्। रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत आचार्य बुधबार बिहान बाढी आएपछि सम्पर्कविहीन भएका हुन्।आचार्यले बुधबार बिहान ८ बजे घरमा फोन गरेर काममा जाने बताएका थिए। त्यसपछि उनको फोन सम्पर्क हुन सकेको छैन। परिवारका सदस्यले भने उनी कतै सुरक्षित स्थानमा रोकिएका हुनसक्ने… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चद्वारा बाढी प्रभावितका लागि ५० हजार सहयोग

पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बाढी प्रभावितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ। मञ्चले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।मञ्चका सचिव महेश पौडेलका अनुसार उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ।मञ्चले बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद्मा… पुरा पढौ

बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग

गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो पारिश्रमिक बापतको ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। प्राकृतिक विपद्का कारण देशका विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताएका छन्।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका नदी तथा… पुरा पढौ

सम्पर्कविहीन पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह

नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ । कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन भएको महासङ्घले जनाएको छ । यस्तै नुवाकोटको विदुर नगरपालिका–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित पाँच सदस्य सम्पर्कविहीन भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । बाढीप्रभावित क्षेत्रमा विद्युतीय… पुरा पढौ