पोखरा । पोखरामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ M को आयोजना तथा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिवल संघ, गण्डकी प्रदेश खेलकुद परिषद् तथा विभिन्न संघसंस्थाको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता आयोजना हुने भएको हो । पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा आगामी २०८२ बैशाख १८ गतेदेखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा पाकिस्तान भलिवल क्लब (इस्लामाबाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिवल संघ, त्रिभुवन आर्मी क्लब,…
पुरा पढौ