खेलकुद

सार्बजनिक सुनुवाईमा भिंडाबारीबासीले भने : एन्फा एकेडेमीलाई स्वागत छ, तर हामीसँगपनि सल्लाह गरियोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ भिंडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माण गरेकोमा स्थानियबासीले खुशी प्रकट गरेका छन् । तर आफैले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिन लागेको टेक्निकल सेन्टरबारे सोधखोज र सल्लाह, सुझाव नमागेकोप्रति भने असन्तुष्टी व्यक्त गरेका छन् । एन्फाको आयोजनामा शुक्रबार आयोजना स्थलमा भएको ‘एन्फा टेक्निकल सेन्टरको निर्माण तथा सञ्चालनका लागि गर्न लागिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागि स्थानियले आफूहरुसँग सल्लाह नगरी आयोजना गरेकोप्रति दुःख मनाउ गरेका हुन् ।… पुरा पढौ

प्रधानमन्त्रि कप क्रिकेटका लागि गण्डकी प्रदेशको छनौंट प्रतियोगिता शुरु, कास्कीको विजयी शुरुवात

शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर व्याटिङ गरेको स्याँग्जालो ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो । स्याँग्जाको तर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीन तीन विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक एक विकेट… पुरा पढौ

‘पावर लिफ्टिङ’मा नेपालको सफलता

पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्षअघिदेखि नै भारतमा तय भएको ‘वल्र्ड पावर लिफ्टिङच्याम्पियनसीप’का लागि अभ्यास शुरु गर्नुभएको थियो । गुहावटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगन भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन । डिसेम्बर ४ देखि ७ तारिखसम्म भारत, महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त… पुरा पढौ

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

फुटवलका सदाबहार हिरो द्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्ष खेलाडी घोषित भएका छन् । उनले युभेन्ट्सका स्ट्राईकर पोर्चुगिज खेलाडी रोनाल्डो र बार्सिलोनाका स्टार स्ट्राईकर तथा अर्जेन्टिनी खेलाडी मेस्सीलाई पछि पार्दै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडीको उपाधि जितेका हुन् । यसअघी फिफाले वर्ष खेलाडीको अन्त्मि ३ मा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई मनोनयन गरेको थियो ।जर्मन क्लब बायर्न म्युनिखका फर्वार्ड पोल्याण्डका खेलाडी लेवान्डोस्कीले गत १ वर्षमा ४७ खेलमा ५५ गोल गरेका… पुरा पढौ

तेह्रौं सागको बक्सिङका स्वर्ण पदकधारी खेलाडी मदन भण्डारी स्पोर्टस एकेडेमीबाट नगद ५१/५१ हजार राशीसहित सम्मानित

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङ स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । एकेडेमीले विहीबार पोखरामा एक कार्यक्रम गरि तेह्रौं सागको बक्सिङ स्पर्धामा स्वर्ण पदक जित्ने ३ खेलाडीलाई जनही ५१ हजार ५ सय राशीसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो । एकेडेमीले तेह्रौं साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिस क्लवका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मीनु गुरुङ र सनिल शाहीलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका… पुरा पढौ

‘खेलकुदमा राजनीति हुनु हुँदैन, तर राजनीतिले खेलकुदलाई बुझ्नुपर्छ’

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद १ वर्ष धकेलिने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले विहीबार पोखरामा आयोजना गरेको खेलाडी सम्मान तथा सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिडका कारण खेलाडी छनौट प्रभावित भएकाले प्रतियोगिता १ वर्ष पछि सार्ने तयारी गरेको बताएका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण खेलाडी छनौट प्रक्रिया प्रभावित भयो,उनले भने,‘अब यो वर्ष प्रतियोगिता गर्न सम्भव छैन, अब २०७८ साल भित्र गर्छौं ।’ खेलाडी छनौटका… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमीको रक्तदान र खेलाडी सम्मान आज

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले आज रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै खेलाडी सम्मान गर्दैछ । एकेडेमीले आज विहान ८ बजेदेखि पोखरा रंगशालामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय खेलकुद परिषदका (राखेप) का सदस्य सचिब रमेशकुमार सिलवालको प्रमुख आतिथ्यता तथा एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको विशेष आतिथ्यतामा हुने कार्यक्रमको अवसरमा एकेडेमीले तेह्रौं सागमा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीसहित अन्यलाई सम्मान गर्न लागेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङले जानकारी दिए । एकेडेमीले आज तेह्रौं दक्षिण एशियाली… पुरा पढौ

लिभरपुलसँग टोटनह्याम स्तब्ध

ईंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुल बिजयी भएको छ । बिग म्याचमा लिभरपुलले टोटनह्यामलार्ई २–१ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । उपाधि होडमा रहेका दुबै टोलीबीच बुधबार राती भिडन्त भएको थियो । भिडन्तमा लिभर भाग्यमानी ठहरियो । घरेलु मैदानमा लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहाको गोलमा अग्रता बनाएको थियो । तर टोटनह्यामका स्टार सन ह्युङ मिनले ३३ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरे । तर उनको गोल निर्णायक बन्न नसक्दा टोटनह्याम स्तब्ध भयो । खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार… पुरा पढौ

खनाललाई वचाउन आर्थिक संकलन समिति गठन

मिर्गौला पिडित युद्धप्रसाद खनाल (गोविन्द) लाई उपचारका लागि आवश्यक रकम संकलनको लागि नजिकका नातेदार तथा छिमेकीले मिर्गौला पिडितलाई वचाउन आर्थिक संकलन समिति गठन गरेका छन् । पोखरा १४ चाउथे निवासी कृष्णकुमार खनालको संयोजकत्वमा गठन गरिएको समितिमा पोखराबाट विनिता खनाल र दिनेश गौतम, चितवनबाट हिमानी कँडेल र सन्दिप खनाल, स्याङ्जा वालिङबाट नितु गौडेल र दिर्घनारायण डुम्रे सदस्य रहेका छन् । सवारी चालकको पेशा गर्दै आएका स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. १०, मदीखोला निवासी युद्धप्रसाद खनाल ४७ वर्षका भए । आर्थिक… पुरा पढौ

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउनु हुनेछ । यस पटक उहाँले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै हुनुहुन्छ । लामिछानेले यसअघि दुई यामको बिग बास… पुरा पढौ