खेलकुद

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल सुरु

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको आयोजनामा बुधबार देखि भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको प्रतियोगिता माघ २४ गतेसम्म संचालन हुनेछ । क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले रेफ्री बुद्वसिंहलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । उनले खेलाडीले अनुशासित हुनुका साथै खेललाई सौहाद्रपूर्ण वातावरणमा सञ्चालन गर्न… पुरा पढौ

साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित

पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा प्रभावशाली जित दर्ता गर्ने क्रममा भारतले पहिलो हाफमा सात र दोस्रो हाफमा एक गोल गर्न सफल भयो । भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था… पुरा पढौ

प्रतिभा सुपर कप क्रिकेट : लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, वाराहीको पहिलो जित

सन्देश श्रेष्ठपोखरा, माघ २० प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड… पुरा पढौ

साफ महिला यु–१९ च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालको सम्भावना कायमै

सन्देश श्रेष्ठपोखरा, माघ १९ बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा बंगलादेश लगातार दोस्रो जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा भुटानलाई पराजित गरेको बंगलादेशले सोमबार भएको खेलमा भारतलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेको हो । सोमबारको खेलमा बंगलादेशले भारतलाई २–० ले पराजित गर्यो । पहिलो खेलमा भुटानबिरुद्द एक दर्जन गोल हानेको बंगलादेशले सोमबारको खेल पनि एकतर्फी पेलेको थियो । शुरुदेखि नै आक्रामक रणनीतिमा उत्रिएको बंगलादेशले खेलको २९ औं… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्याण्ड र छोरेपाटन बिजयी

सन्देश श्रेष्ठपोखरा, माघ १९ प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४०… पुरा पढौ

राईजिङ्ग स्टारको भलिबल

लेखनाथ,१८ माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२७ मा रहेको राईजिङ्ग स्टार युथ क्लवले माघ २१ गते देखि २४ गते सम्म नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । सभ्य समाजको निर्माण ,राईजिङ्ग स्टार युथ क्लवको अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको भलिवल प्रतियोगिताका बारेमा जानकारी दिने उदेस्यले आईतवार राखिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अनिल गुरुङले क्लवले युवालाई खेल तर्फ आर्कषण गर्ने उद्धेस्यले भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको बताएका हुन् । क्लवको बार्षिक कार्यक्रम अन्तरगत यस… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात

सन्देश श्रेष्ठपोखरा, माघ १८ पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कपमा ४ विदेशीसहित १२ टिम भिड्ने, बिजेताले १४ लाख पाउने

सन्देश श्रेष्ठ पोखरा, माघ १८ पोखरामा हुने आहा ! रारा पोखरा गोल्ड कपमा १२ टिमबीच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा ४ विदेशीसहित १२ टिमले सहभागिता जनाउने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा भारतका दुई टिम तथा हङकङ र उज्वेकिस्तानको एक÷एक टिमहरु सहभागी हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले… पुरा पढौ

साफ महिला यू-१९ : भारतसँग नेपाल, बंगलादेशसँग भुटान पराजित

सन्देश श्रेष्ठपोखरा, माघ १७ साफ यू-१९ महिला फुटबल च्याम्पीयनसीपमा भारत र बंगलादेशले बिजयी शुरुवात गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा शनिबार पोखरामा शुरु भएको प्रतियोगितामा भारतले नेपाललाई र बंगलादेशले भुटानलाई पराजित गर्दै बिजयी शुरुवात गरेका हुन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको दोस्रो खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हरायो । खेलमा पर्ल फर्नान्देसले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गर्दै भारतलाई जिताए । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा नेपालले गोल गर्ने अवसर सिर्जना गरे पनि सदूपयोग नगर्दा पहिलो… पुरा पढौ

टाईगर कप भलिबलको उपाधि गण्डकीलाई

सन्देश श्रेष्ठ पोखरा, माघ १७ पोखरामा भएको टाईगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । टाईगर ग्रुप पोखराले आयोजना गरेको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको छैटौं संस्करणको उपाधि गण्डकीले जितेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल भिडन्तमा गण्डकीले बाजी मा¥यो । गण्डकीले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो सेट गुमाएको गण्डकीले खेलमा पुनरागमन (कमब्याक) गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीले… पुरा पढौ