खेलकुद

क्रिकेट छनोट प्रतियोगिता शुरु

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस हारेर व्याटिंगमा उत्रिएको माछापुच्छ्रे क्रिकेट क्लबले कप्तान दिपेश खत्रीको शतकीय पारीमा ६ विकेटको क्षतिमा ५० ओभर पुरा खेल्दै २७१ रनको विशाल योगफल तयार पार्यो । खत्रीले १३३ रनको उत्कृष्ट इनिंग खेल्ने क्रममा १३५ बल खेल्दै ११ चौका र ७ छक्का हिर्काए । मनोज कोईरालालाई ५… पुरा पढौ

विश्वकप फुटबल छनोटका लागि युरोपेली राष्ट्रहरुको ‘ड्र’ सार्वजनिक

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन राष्ट्रहरुको छनोटको ‘ड्र’ सार्वजनिक गरिएको छ। युरोपको ५५ देश विश्वकप फुटबलका लागि छनोट भएका छन्। ति देशहरुलाई विश्वकपका लागि १० समूहमा विभाजन गरिएको छ। यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो। युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ। सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित… पुरा पढौ

इटालियन नापोलीको स्टेडिओ सान पाओला रंगशालाको नाम अबदेखि म्याराडोना

इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण म्याराडोनाको नामबाट गरेको छ। अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गएको नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो। उनले सन् १९८७ देखि १९९० सम्म नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए। अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशाला अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाको नामबाट चिनिने छ। नापोलीको नगर परिषदले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेको छ। नापोलीका… पुरा पढौ

मंसीरको अन्तिम साता धुर्मुस सुन्तली फाउन्डेसनको नमुना क्रिकेट मैदानमा मंसिर गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता

मंसीरको अन्तिम साता गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। मंसिर २७ गतेदेखि चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना क्रिकेट मैदानमा बागमती प्रदेश क्रिकेट संघले क्रिकेट प्रतियोगिता आयोजना गर्नेे भएको हो। आयोजकका अनुसार राष्ट्रिय टिमका खेलाडीले पनि खेल्ने बताइएको प्रतियोगितामा कोरोना भाइरस महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरिनेछ। अहिले राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। यस्तै, राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू १९ का प्रतिभाशाली खेलाडीहरु… पुरा पढौ

मौजामा सेमी हाई अल्टिच्यूड खेल मैदान बन्ने

पोखराको मौजामा सेमी हाई अल्टिच्यूड खेल मैदान बन्ने पक्का भएको छ । पोखरा महानगरपालिकाको ५० लाखको लागतमा पोखराको मौजामा सेमी हाई अल्टिच्यूड खेल मैदानको विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरेसँगै मैदान सम्याउने तयारीसमेत गरिएपछि त्यहाँ खेल मैदान बन्ने पक्काजस्तै भएको पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए । महानगरको ५० लाखको लागतमा डिपीआर भएको र अबको केहि समयपछि नै मैदान सम्याउने तयारी गरिएको वडाध्यक्ष गुरुङले बताए । पुस अन्तिम वा माघ पहिलो हप्ताबाट मैदान सम्याउन शुरु गर्ने तयारी भइरहेको गुरुङले जानकारी… पुरा पढौ

पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलियामाथि भारत ११ रनले विजयी

भारतले अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा ११ रनले जित निकालेको छ। खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रनमात्र बनाउन सक्यो। उसका लागि एरोन फिन्चले ३५, मोइसिस हेनरीक्विसले ३० र डार्सी शर्टले ३४ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। बलिङतर्फ भारतका लागि युजवेन्द्र चाहल र नटराजनले ३÷३ विकेट लिए भने दीपक चाहरले १ विकेट लिए। यसअघि, टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो।… पुरा पढौ

‘स्पोर्ट्स फर अल’ कमिसनको अध्यक्षमा पुनः श्रेष्ठ

खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ : श्रेष्ठ नेपाल ओलम्पिक कमिटि अन्तरगत रहेको ‘स्पोर्ट्स फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णु गोपाल श्रेष्ठ चयन भएका छन्। ओलम्पिक कमिटीले शुक्रबार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरेको हो। यसअघि पनि कमिसनको अध्यक्षमा श्रेष्ठ नै रहेका थिए। ओलम्पिक कमिटीका कमिसनमध्ये ‘स्पोर्ट्स फर अल’ सबैभन्दा सक्रिय कमिटी हो। कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम गर्ने भएको छ। कमिसनका अध्यक्ष श्रेष्ठले आउने वर्षमा खेलकुदबारे जनचेतना बढाउन धेरैभन्दा… पुरा पढौ

मंसीरको २५ गते एन्फा कार्यसमितिको बैठक

यही मंसीरको २५ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठके बस्ने भएको छ। बैठकमा यसपटक एन्फाले महत्वप्रर्ण एजेन्डाको निस्कर्ष निकाल्नुपर्ने जिम्मेवारी छ। एन्फाको कार्यसमितिको बैठकमा करिव २३ वटा मुख्य एजेन्डा छन्। त्यसमा राष्ट्रिय टिमको प्रशिक्षण र नयाँ प्रशिक्षकका विषयमा पनि छलफल हुनेछ भने ‘ए’ डिभिजन तथा राष्ट्रिय लिगका विषयमा पनि छलफल हुनेछ। यस्तै, अर्को वर्ष ‘होम एण्ड अवे’मा लिग गर्ने अवधारणालाई पनि सो बैठकमा राखिने भएको छ। यसका लागि मैत्रीपूर्ण खेलको आयोजना र सहभागिताका विषयमा पनि यो बैठकले… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । दश दिन पहिले कोरोना संक्रमित भएका लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफू संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । १० दिनको आइसोलेसन बसाई पछि गरिएको पुनः स्वाव परीक्षणका क्रममा कोरोना नेगेटिभ आएको जानकारी गराउँदै सो क्रममा आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गर्नेप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै उनले छिट्टै मैदानमा उत्रिएर आफ्नो टिमलाई आफ्नो राम्रो प्रर्दशन गर्न चाहेको लेखेका छन् । पुरा पढौ

मेस्सीले गरे लिजेन्ड म्यारोडोनाप्रति गोल समर्पण

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनालाई समर्पण गरेका छन्। अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए। मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए। खेलमा बार्सिलोनाले ४–० को सहज जित निकाल्यो। ओसासुनामाथिको जितमा मेस्सीसँगै क्याटलान क्लब बार्सिलोनाका मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए। खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर… पुरा पढौ